MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

गायक संगीतकार मधुबाबु थापा रहेनन्

काठमाडौं, पुस ७ – लोकगायक तथा संगीतकार मधुबाबु थापाको निधन भएको छ । बिहान सामान्य रहेका थापाको स्वास्थ्यमा दिउँसो समस्या देखिएपछि काठमाडौं मोडल अस्पताल लगिएको थियो । 

सुगर र प्रेसरका बिमारी रहेका ६३ वर्षका थापाको अस्पतालमै निधन भएको परिवार स्रोतले जानकारी दिएको छ । 

गायक थापा २०१० साल वैशाख १० गते दाङ राजपुर सौरीयार गाउँमा जन्मिएका हुन् । २०३९ सालमा रेडियो नेपालमा पहिलो गीत ‘भैगो हजुर माया जाल नबुनौँ’ रेकर्ड गराएका उनको चौतारी, भालेपोथी, रामरस, १० भाका, कृष्ण लीला आदि एल्बम निस्किएका छन् ।

संगीत प्रभाकरको उपाधी पाएका गायक थापाको २०४४ सालमा निस्किएको ‘काठमाडौं दोहोरी’ एल्बम निकै चर्चित रह्यो । उनले २०५० सालमा लोकगीत संकलन पुरस्कार पाएका छन् । गायक थापा अहिले सानेपामा बस्थे । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस