MENU

साहित्य/ कला

Ncell Axiata
USAID

कविता-छाउपडी

छाउपडी

                                               -दिब्या बज्राचार्य

 

जसरी आमाले नौ महिना गर्भमा राख्छिन्

 प्रवसको चरम व्यथा सजिलै पार गरी संसार देखाउछिन्

पल् पल् स्याहारेर औलाको सहारामा हिड्न सिकाउँछिन्

तोतेबोलीलाई सच्याई कखरा बोल्न सिकाउँछिन्

त्यस्तै

छोरीलाई छाउपडीको कुसंस्कारबाट

मुक्त पार्न पनि आमा नै अग्रसर हुनुपर्छ

अन्धो समाजको रिती विरुद्ध मुठ्ठी कसी

आमाले नै सशक्त आवाज उठाउनै पर्छ

आफ्नै चेली बचाउन कस्को डर

कुबाटो छोडी सत्यको बाटो हिड्न किन हिच्किचाई

एउटा डुबो नउम्रेसम्म अर्को उम्रिदैन

एउटाले आवाज नउठाएसम्म अरु बोल्दैन

चेलीको दुःख पीडा चेलीले नै अनुभव गर्छ

 रजस्वलाको कष्ट चेलीलाई नै थाहा हुन्छ

आमाले पनि त्यस्तै नारकीय सहनु भइसक्यो

के खाने के लाउने अनभिज्ञ अबोध समयलाई

चिनाउन आमा कै सहयोगको खाँचो पर्छ

आमाले अब छोरीको पालोमा

 छाउगोठको प्रथालाई भत्काई

 छाउपडीको कुसंस्कारलाई हटाइ न्यानो कोठा बनाउन्

आमाले अब आउने दिनमा

संसार विरुद्ध आवाज उठार्ई

 ममतामयी भावनालाई मायाले भरी

सुसंस्कारको संरचना बनाउन् ।।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया