MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

छोरी मात्र अँगालेर बस्दा मुखमा माड लाग्दैन

मिलन तिमिल्सिना/उज्यालो ।

काठमाडौं, पुस १० – बालबालिका काँचो माटो जस्तै हुन् । सानो छँदा जस्तो आकार बनाउन खोज्यो, भोलि त्यही स्वरुपका हुन्छन् । देश बनाउने ठाउँमा बसेका सुकिला मुकिलादेखि काँचो माटोको ईंटा बनाउने धुलेफुस्रे मान्छेहरुले पनि जानेबुझेको कुरा । तर दिनभर काँचो माटो डल्ला पारेर सग्ला ईंटा बनाउनेहरुलाई आफ्ना बालबालिकालाई आकार दिने फुर्सद छैन । काँचो माटोजस्ता भोलिका यी कर्णधार बालबालिका सग्ला ईंटाको थुप्रोमा खेल्दै धुलोमा रुमल्लिन बाध्य छन् । 

बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि सरकारले वर्षेनी अर्बौं रुपैयाँ खर्च गर्छ । बालबालिकाकै लागि भनेर काम गर्ने संघसंस्था औंलामा गनेर पनि सकिँदैन । काठमाडौंका प्रायः सबै टोल र गल्लीमा यस्ता संस्थाका बोर्ड झुण्डिएका हुन्छन् । तर बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संघसंस्थाको काम कतिसम्म प्रभावकारी र फलदायी छ भन्ने कुरा थाहा पाउन टाढा जानै पर्दैन । काठमाडौं उपत्यकाका कुनै ईंटा भट्टामा पुगे हुन्छ ।

  • टेककुमारीले धर्तिमा पाइला टेकेको ४ महिना मात्रै भयो । आमा र बाबा देखेर खिस्स हाँस्न मात्र सक्ने अवोध टेककुमारीलाई तातोचिसो र भोकप्यास थाहा छैन । आमाले फुर्सद भएको बेला दूध चुसाए पेट भरिन्छ । बाबाले कमाएको पैसाले बाक्ला लुगा किन्न पुगे न्यानो हुन्छ । दिनरात काम गरेर बल्लतल्ल खर्च पुर्याउनुपर्ने आमाबालाई यो सबै थाहा भएर पनि टेककुमारीको पुरै रेखदेख गर्न फुर्सद छैन । काम खोज्दै काठमाडौं आएका उनीहरुले काखेछोरीलाई पनि सँगै ल्याएका छन् । काँचो ईंटा चांग लगाएर बनाएको झुप्रोमा चिसो छेक्न मुश्किल छ । आमा सबिना र बाबु राजकुमार रम्तेलले छोरीको ज्यानमा चिसो छिर्न नदिन जसोतसो प्रयास गरेकै छन् । अहिलेसम्म छोरीलाई दुःखबिरामले छोएको छैन । तर केही होला कि भन्ने आमाबाबुलाई निकै चिन्ता छ । 
  • सबिना र राजकुमारको छाप्रो नजिकै काम गर्छन्, राजकुमार र पार्वतीका दम्पती । ४ छोराछोरी घरमै छन् । डेढ वर्षको सानो छोरालाई लिएर काठमाडौं आएको केही दिन मात्रै भयो । उनीहरु पनि ईंटा बनाउने काम गर्छन् । बुवाआमाले काम गरिरहँदा डेढ वर्षका बालक सजान धुलोमा खेलेर बस्छन् । भोक लाग्ने बित्तिकै आमाको दूध त चुस्न पाउँदैनन्, नुवाई धुवाई त परको कुरा ।
  • सिन्धुली महादेवस्थानका मकरबहादुर र लक्ष्मी भोलनका पनि ५ सन्तान् छन् । घरखर्च जुटाउन धौ भएपछि उनीहरु कामको खोजीमा काठमाडौं निस्के । साथमा काखे छोरी र अर्को छोरीलाई पनि ल्याएका छन् । दिनभरी ईंटा बनाउने काम गर्दा सानी छोरीले अर्की काखे बहिनीलाई हेर्छिन् । छोरीहरुलाई बिरामी भए नभएको थाहा पाउनु त परको कुरा उनीहरुलाई राम्ररी खुवाउन पनि भोलन दम्पतीलाई फुर्सद हुँदैन ।
  • सिन्धुलीकै सुमन र निर्मला रम्तेलका एक वर्षिया छोरी सलिनालाई आमाको काख नै सबथोक हो । आमाको काख बसे भोक मेटिन्छ, आमाले च्यापेर बसे न्यानो भेटिन्छ । चिसो ईंटाले छेकबार लगाएको चिसो झुपडीभित्र रात कटाउन आमाबुवालाई त मुश्किल पर्छ, ती अबोध बालिकाले आमाको काखबिना कसरी न्यानो पाउनु । तर सितिमिति आमाको काखमा बस्न पाईंदैन । श्रीमानलाई ईंटा बनाउने काममा सघाउने निर्मलाले मन भएर पनि छोरीलाई धेरैबेर अँगाल्न पाउनुहुन्न । छोरी मात्र अँगालेर बस्दा मुखमा माड लाग्दैन । तैपनि यी जोइपोइले छोरीलाई चिसोले नभेटोस् भनेर हरसंभव कोशिस गरिरहेका छन् ।
  • रम्तेल परिवार नजिकै बसेर काम गर्ने रामेछापका मानबहादुर र रमिला अछामीको छोरीलाई भने चिसोले भेटिसकेको छ । माटोमा खेलेर हुर्केको २२ महिनाको काखे छोरोलाई त अहिलेसम्म केही भएको छैन । तर ६ वर्षिया छोरी स्वस्तिकालाई चिसोले सताएको छ । छोरीलाई उपचार गर्न गए ईंटा बन्दैन । र्इंंटा नबनाए चुल्हो बल्दैन । अलिदिन घाम ताप्न पाइन् भने छोरीलाई ठीक हुन्छ भन्ने आमाबाबुलाई विश्वास छ ।
  • ईंटा बनाउने काम गर्ने बाबुआमासँगै काठमाडौं आएकी रामेछाप गोठगाउँकी ५ वर्षिया कविता शार्कीले नुवाईधुवाई गर्ने मेसो समेत पाउँदिनन् । आफै मुख धुन जान्दिनन् । छोरीलाई मुख धुवाइदिने बेलासम्म ५ वटा ईंटा बनिसक्छ । ५ बटा ईंटा बनाउँदा ५ रुपैयाँ आउँछ । त्यही ५, ५ रुपैयाँ जम्मा गरेको रकमबाट घरखर्च चलाउनुपर्छ । 
  • सिन्धुली बेलघारीकी समिता रम्तेललाई पढेर ठूलो मान्छे बन्ने रहर छ । गाउँमा १ कक्षामा पढ्दै गर्दा उनी बाबुआमासँगै काठमाडौं आइन् । तर यहाँ पढ्ने ठाउँ छैन । काँधमा झोला भिरेर स्कूल गएझैं गरी यता उता दौडिन्छिन् । कक्षाकोठा नभेट्ने यो दौडाईले उनलाई कहाँसम्म पुर्याउँछ उनको बाबुआमालाई समेत थाहा छैन ।

यी त प्रतिनिधि बालबालिका मात्र हुन् । यस्ता सयौं बालबालिका काठमाडौंका ईंटा भट्टामा धुलो, माटो, हिलो र चिसोसँग खेल्दै अँध्यारो भविष्यमा रुमल्लिन बाध्य छन् । बुवाआमासँगै आएका कतिपय बालबालिका सकिनसकी काँचो माटो डल्ला पारेर ईंटा बनाउँछन् । काँचो माटो जस्ता उनीहरुलाई भविष्यमा सही ठाउँमा पुर्याउने उपयुक्त आकार बनाउन बुवाआमालाई फुर्सद छैन । अनि साना काखे बालबालिका चाहिँ धुलो र चिसोमा जोखिमपूर्ण जिन्दगी जिउन बाध्य छन् । 

आफ्ना छोराछोरीको भविष्य सम्झेर बुवाआमालाई चिन्ता छ । तर उनीहरु केही गर्न नसकेर विवश छन् । यी अवोध बालबालिकालाई आधारभूत शिक्षा र स्वास्थ्यको अधिकार दिनु उनीहरुका गरीब बुवाआमाको मात्र कर्तव्य हो र ? सबैलाई साक्षर, शिक्षित र स्वस्थ बनाउने दायित्व बोकेका सरकार र सम्बन्धित निकायले कहिलेसम्म आँखा चिम्लेर बस्ने ? 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विद्यार्थीले राजनीति सिकौं, तर नगरौं

    पार्टी वा संगठनको झण्डा अंकित पाठ्यक्रमहरु, सोलुसन म्यानुअलहरु सित्तैमा बाँडिन थालिएको छ । मदन भण्डारी, विपि कोइराला र कम्युनिस्ट नेताहरुको तस्वीर छापिएका टिसर्टहरु नयाँ भर्ना भएका विद्यार्थीहरुलाई आफ्नो संगठनतिर झुकाव बढाउने ललिपप बनेका छन् ।

  • सम्झनाका तरेलीहरु

    इन्जिनियरको लाहाछाप लागेपश्चातको मेरो पहिलो औपचारिक रुपमा सुरुवात गरेको जागिर, अनि त्यस अन्तर्गतको पहिलो फिल्ड यात्रा: रारा तालको जिल्ला मुगु अन्तर्गतको रारा गाविस | यो आफैमा मिठो संयोग थियो | २०६९ चैत्र तिर साथीहरुसहित चार जनाको समूह रारा किनार हुँदै रारा गाविसको मुर्मा गाउँमा पुग्यौं |

  • आफ्नै ठाउँ बिरानो हुँदा

    म कामका लागि विदेश कहिल्यै जान्न । मेरो सीप, लगनशिलता र मेहनत मेरै देश, मेरै ठाउँलाई दिन्छु । मैले धेरै पढ्नुछ । पढेर नेपालमै कुनै एउटा क्षेत्रमा नाम उज्वल बनाउनु छ । मेरो मिसन आफ्नै देशमा मेरो फरक पहिचान बनाउनु हो ।

  • खाडी देशमा काम गर्नेहरुमा मिर्गौला बिग्रिने समस्या किन बढी ?

    केही वर्षयता संसारभर मिर्गौला रोगीहरुको संख्या बढ्दै गएको छ । नेपाल लगायतका वकासोन्मुख देशमा पनि मिर्गौला रोगीहरुको संख्या अत्यन्त चुनौतिपूर्ण रुपमा बढेको छ ।

  • रक्सीमा लठ्ठीएर ड्युटीमा ट्राफिक, कारबाही कसलाई ?

    सिंहदरबारको पश्चिम गेट अगाडि । बिहान १० बजे । अफिस समय भएकाले सडकमा गाडीको चाप धेरै नै थियो । भद्रकालीतर्फबाट सिंहदबारतर्फ जाँदै गरेको एउटा स्कुटरले लेन मिच्यो ।

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया