MENU

साहित्य/ कला

Ncell Axiata
USAID

भूपिको ८१ औँ जन्मजयन्ती मनाईंदै

काठमाडौं, पुस १० – साहित्यकार भूपि शेरचनको ८१ औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ । विसं १९९२ मा मुस्ताङको दुप्चेमा जन्मनु भएका साहित्यकार शेरचन थोरै तर कालजयी रचनाका कारण लोकप्रिय हुनुहुन्छ ।

उहाँका कृतिमध्ये ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ चर्चित छ । शेरचनले गद्य कविता मात्र नभई गीत पनि लेख्नुभएको छ । ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ’ बोलको गीत उहाँको निकै चर्चित गीत हो । नेपाली गद्य कवितालार्य सरल, सहज र सबैले बुझ्ने भावको बनाउनुमा उहाँको ठूलो योगदान छ ।

भूपि जयन्तीका अवसरमा पोखरा, काठमाडौंसहितका ठाउँमा विशेष कार्यक्रम हुँदैछ । भूपि स्मृति प्रतिष्ठानले यो वर्षको भूपि स्मृति पुरस्कार गीतकार रत्नशमशेर थापालाई प्रदान गर्दैछ । आइतबार दिउँसो पोखरामा हुने विशेष कार्यक्रममा गीतकार थापालाई पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रगतिवादी धारमा कविता लेख्ने भूपिको विसं २०४६ जेठ १ गते कवि निधन भएको थियो । उहाँका घुम्ने मेचमाथि अन्धो मान्छेका अलावा परिवर्तन नाटक संग्रह, फुटकर गीत, कवितालगायत रचना प्रकाशित छन् । उहाँको निधनपछि साझा प्रकाशनले उहाँका फुटकर कविताको सङ्ग्रह प्रकाशनमा ल्याएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​ढाकामा नेपाली कला प्रदर्शनी

    नेपाली कलाकारहरुको सहभागितामा बंगलादेशको ढाकामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला सम्पन्न भएको छ । नेपाल र बंगलादेशका १९ जना चित्रकारको सहभागिता रहेको कला प्रदर्शनीलाई इन्टरनेशनल आर्ट एक्जिविसन एमिटी अफ नाइन्टिन नाम दिइएको थियो ।

  • रातो मच्छिन्द्रनाथप्रतिको जिम्मेवारी पूरा गर्न चित्रकला प्रदर्शनी

    शर्मिला राजोपाध्याय्/उज्यालो । काठमाडौं, फागुन ९ – बाराही परिवारका पुरुष सदस्यले अनिर्वाय रुपमा रातो मच्छिन्द्रनाथको रथ बनाउने क्रममा काठको काम गर्दछन् । तर रमेश बाराही त्यसो गर्न सक्ने अवस्थामा हुनुहुन्न ।

  • भ्रष्टाचारको बदलिँदो स्वरूप

    काठमाडौं, फागुन ६ – समाज र भ्रष्टाचारका फेरिंदा आयाम समेटिएको पुस्तक भ्रष्टाचार र समाज शुक्रबार सार्वजनिक हुँदैछ । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय तथा अनुसन्धानकर्ता दिपेश घिमिरेले लेखेको पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याउन लागेको हो ।

  • ‘नेपालको इतिहासमा सिन्धुलीगढी’ सार्वजनिक

    काठमाडौं, फागुन ६ – तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीबारे लामो समयदेखि अनुसन्धान गर्नुभएका सागर ढकालले ‘नेपालको इतिहासमा सिन्धुगढी’ पुस्तक बजारमा ल्याउनुभएको छ ।

  • सिर्जना संवाद : काडमाण्डू सेल्फी एक आत्मचित्र

    काठमाडौं, फागुन ५ – साहित्यकार प्रकाश सायमीको कृति ‘काठमाण्डू सेल्फी’ माथिको पाठकीय चर्चा कार्यक्रम बिहीबार काठमाडौंमा भएको छ ।

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया