MENU

साहित्य/ कला

USAID

पप सुपरस्टार जर्ज माइकलको निधन

पुस ११ – बेलायती गायक जर्ज माइलकलको निधन भएको छ । पप सुपरस्टार माइकलको ५३ वर्षको उमेरमा निधन भएको हो । माइकलको जन्म सन् १९६३ को जुन २५ मा भएको थियो । माइकलले सन् १९८० को दशकमा व्हाम ब्याडबाट सांगीतिक यात्रा सुरु गरेका थिए । पछि उनले व्यक्तिगत करिअर सुरु गरेर र सफल रहे । उनको गोरिनमा रहेको घरमै निधन भएको हो । माइकलको निधनका  अस्पष्ट रहेको तर कुनै शंकास्पद अवस्था भने नरहेको प्रहरीले जनाएको छ । व्हाममा माइकलसँगै रहेका एन्ड्रियु रिजलीले आत्मिय साथी गुमाउनु पर्दा मुटु चुँडिएको प्रतिक्रिया दिएका छन् । माइकलका प्रवक्ताले जारी गरेको वक्तव्यमा भनिएको छ

‘दुःखका साथ हामी यो पुष्टि गर्दछौं कि हाम्रा प्रिय छोरा, भाइ तथा साथी जर्जको क्रिसमसको बेलामा घरमै निधन भएको छ ।’ परिवारले गोपनियता चाहेको र यस विषयमा थप प्रतिक्रिया दिन नचाहेको वक्तव्यमा उल्लेख गरिएको छ । माइकलका ‘लास्ट क्रिसमस’, ‘वेक मि अप बिफोर यु गो–गो’ र ‘केयरलेस विस्पर’ निकै चर्चित छन् । यि गीतका १० करोड भन्दा बढी एल्बम बिक्री भएका छन् । गायन, गीत लेखन तथा संगीत उत्पादनको क्षमताका कारण उनलाई विश्वको चर्चित र बढी एल्बम बिक्री हुने कलाकार मध्ये एक बनायो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • कर्म योञ्जनलाई राष्ट्रिय सङ्गीत पुरस्कार

    भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले प्रदान गर्दै आएको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार यसवर्ष कर्म योञ्जनलाई दिइने भएको छ ।

  • कविता-बसाइँ सरेछन्

    फुलाउँथे ससाना रंगीचङ्गी फूलहरु गाउँभरि नमिठो गन्ध फैलाएपछि फलाउँथे काला काला मिठा फलहरु मसिना तिखा काँडाहरुले घोचे पछि आजकल बसाइँ सरेछन् गन्धे काडाँहरु गाउँघरबाट ।

  • कविता-जीवन दर्शन

    मलाई जानुछैन रामको झैँ चौध वर्षको वनबास तर प्रमाणित गर्नुछ सत्यको बाटो अटल हुन्छ ।

  • काठमाडौंमा जीवन (निबन्ध)

    संस्कृत शब्दको “काष्ठमण्डप” को अपभ्रंशबाट बनेको काठमाडौंलाई नेपालको राजधानीको रुपमा चिनिन्छ । जीवनदर्शनको खोजीमा सबै लालची बन्छन् नै । जीवन के हो ? कहाँको जीवन र कस्तो जीवन सुखदायी बन्छ ? यी त्रिकालदर्शी मुनि पनि जान्न असमर्थ हुन्छन् ।

  • राजा बनेर अस्ताए विष्णुभक्त, अन्तिम श्रद्धाञ्जली

    महर्षी याज्ञवल्क्य नाटकमा राजा जनकको भूमिकामा अभिनय गर्दागर्दै ढलेका रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको बुधबार अन्तिम सँस्कार गरिएको छ । बुधबार दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा भवन कमलादीमा कलाकार, राजनितिज्ञ, शुभचिन्तकहरु पुगे ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया