MENU

बातावरण-कृषि

USAID

बाक्लो हुस्सुका कारण उडान प्रभावित

काठमाडौं, पुस १४ – काठमाडौं उपत्यकासहित तराईमा अहिले बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण अहिले काठमाडौंको भिजिबिलिटि २०० मिटरमा झरेको छ ।

अहिले लागेको बाक्लो हुस्सु घाम लागेपछि विस्तारै हट्ने मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार काठमाडौंमा लागेको हुस्सु अबको दुई तीन घण्टापछि हट्नेछ । तराईमा भने दिउँसोपछि मात्र हट्नेछ । दिउँसो पहाडी क्षेत्रको मौसम बदली हुने उहाँले जानकारी दिनुभयो । तर पानी पर्ने संभावना भने छैन ।

यसैबिच बाक्लो हुस्सु लागेर भिजिविलिटी कम भएपछि त्रिभुवन विमानस्थलबाट हुने सबै उडान बन्द भएका छन् । विमानस्थलका अनुसार सामान्य अवस्थामा यतिबेला आन्तरिक उडान हुने गरेको थियो ।

बिहान ८ बजेपछि बाह्य उडान हुने गरेकामा हुस्सु नहटेसम्म आन्तरिक र बाह्य सबै उडान बन्द भएको विमानस्थल कार्यालयले जनाएको छ । अन्तराष्ट्रिय उडानको लागि कम्तिमा पनि ३ हजार मिटर भिजिविलिटि आवश्यक पर्ने मौसमविदले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया