MENU

साहित्य/ कला

प्राध्यापक डा. श्रेष्ठलाई ‘इतिहास रत्न’ उपाधिद्वारा सम्मान

भक्तपुर, पुस १५ – इतिहासविद् प्राध्यापक डा. पुरुषोत्तमलोचन श्रेष्ठलाई ‘इतिहास रत्न’ उपाधिले सम्मान गरिएको छ । शुक्रबार धालाँखुसि ल्वहँहिति सुधार समिति भक्तपुरले आयोजना गरेको पुस्तक विमोचन एवं सम्मान कार्यक्रममा जोशी रिसर्च इन्ष्टिच्यूट ललितपुरले उहाँलाई सम्मान गरेको हो । 

कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छेले प्रा. डा. श्रेष्ठलाई दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गरी ‘इतिहास रत्न’ उपाधिले सम्मान गर्नुभएको हो ।

कार्यक्रममा बिजुक्छेले प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठद्वारा लिखित ‘गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा’ र ‘धालाँखुसि र फलेहिति’ नामक दुई ग्रन्थको लोकार्पणसमेत गर्नुभयो । 

त्यसअवसरमा बिजुक्छेले इतिहासको अध्ययन गर्ने विद्यार्थीसमेत नभइरहेको अबस्थामा इतिहास र सम्पदालाई जोगाउन यस्ता पुस्तकले ठूलो टेवा पुर्याउने चर्चा गर्नुभयो । 

पुस्तकका लेखक प्रा. डा. श्रेष्ठ, पुस्तक प्रकाशक विनोदराज शर्मा, समिक्षक प्रकाश दर्नाल, विश्वमोहन जोशी, सुधादेवी श्रेष्ठ, डा. सरिता थापा, कृष्णप्रसाद दुमरु लगायतले प्रकाशित कृति इतिहासको दस्तावेज भएको चर्चा गर्नुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

    ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

  • प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

    काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।

  • राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

    काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

  • कुहिराे

    मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।

  • कम्युनिस्ट हुन रक्सी पिउँदा‍...

    प्रतिदिनजस्तै भेट्ने, एउटा न एउटा कार्यक्रममा लैजाने, भाषण गर्न लगाउने, पुस्तक पढ्न दिने, रेस्टुराँमा लगरे ख्वाउने, अनि आत्मीयता प्रदर्शन गरेर वशीभूत पार्ने प्रयास गरिरहनुहुन्थ्यो । तर कतिपय कुरामा मेरो आफ्नै तौरतरिका र अडान रहन्थे । कहिलेकाहीँ तर्क गरेर उहाँका कुरा काट्ने, केही शास्त्रीय विचारका अडान राख्ने गर्दथेँ । पतलुन लाउँदैनथेँ, मदिरा पिउँदैनथेँ

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया