MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

आइतबार र सोमबार पानी पर्न सक्ने

काठमाडौं, पुस १६ – यो वर्ष गएका वर्षहरुको तुलनामा चिसो कम भएको मौसमविद्ले बताएका छन् । पोहोरपरार हिउँदे पानी पर्दा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस भन्दा कम हुने गरेकोमा यो बर्ष तापक्रम ५ डिग्रीभन्दा कम नभएको मौसमविद् वरुण पौडलले जानकारी दिनुभयो । 

पोहोर पुस १६ गतेको न्यूनतक तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस थियो । तर त्यही दिन आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । हिउँदे पानी नपर्दा यसबर्ष चिसो कम भएको मौसमविद पौडेलले बताउनुभयो । 

हिउँदे वर्षा भए, हुस्सु लाग्नुका साथै देशभरी कै न्यूनतम तापक्रम घटेर चिसो बढ्ने मौसमविद् पौडेलको भनाई छ । यसैबिच आइतबार र सोमबार देशभरीकै मौसम बदली भइ केहि ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया