MENU

साहित्य/ कला

Ncell Axiata
USAID

पश्चातापबाट प्राप्ति (कथा)

रमेश भट्टराई ‘सहृदयी’

गोपाल विद्यालयको सबैभन्दा कमजोर विद्यार्थी हो । परीक्षामा सधैँजसो गाली र सजायको ठेक्का बोकेको उसमा सबैको नजर पथ्र्यो । जसरी जान्ने विद्यार्थीमा माया बर्सिन्छ त्यसै गरी पढाइमा कमजोर भएको उसमा पनि प्रायः शिक्षक लगायत घर परिवारको उत्तिकै गाली बर्सिन्थ्यो । एकदिन डाँडा गाउँबाट उसको घरमा मामा आउनुभएको थियो । उहाँले उसलाई माया गरेर भन्नुभयो–“ओहो ! भान्जा बाबु त लाठे भइसकेछन्, अनि पढाइ कहाँ पुग्यो ?” मामाको स्वर एकाएक उसकी आमाको कानसम्म पुगेपछि आमाको क्रोध वर्षिन थाल्यो– “यसको के कुरा गर्नु, भुस छ भुस, यसको पढाइको कुरा नसोध् भाइ । यसलाई खेल्न पाए पुग्छ । दोश्रो त्रैमासिक परीक्षामा पनि आठवटा विषयमा सातवटामा तारा लागेको छ । गणितमा ६ महिना पढेर ३ नम्बर ल्याइर’छ ।” 

आमाको गालीले ठूलो रूप लेला भन्ने डरले ऊ आफ्नो कोठामा जान बाध्य भयो । कहिलेकाहीँ बाबाले गाली गर्नुहुँदा आमाले थप्न बाँकी राख्नुहुन्नथ्यो । अब त उसलाई आफन्तकामा मात्र होइन समाजमा समेत मुख देखाउन लाज हुने भइसक्यो । ऊ प्रायः कोठैमा बसेर दिन काट्ने कुरामा अभ्यस्त थियो । एकान्तप्रेमी उसले मलाई त अलिअलि उसका मनका भावना पोख्थ्यो तर मैले उस्तो गम्भिर पनि लिँदिनथेँ ।

एकदिन विज्ञान विषयको शिक्षकले उसलाई गाली गर्दै भन्नुभयो–“यस्तो भुस दिमाग भएकोले जीवनमा केही गरिखाला त, अहँ, खोइ तैँले पढेर खाँदैनस् । बरु गोरुलाई कक्षामा राख्दा अलिकति बुझ्ला तैँले के बुझ्लास् र । पृथ्वीको भार रै’छस् ।”

‘आफ्नो कमजोरी आफैंलाई थाहा छैन’ गोपालले मलाई भन्ने गथ्र्यो– “हेर् ललित, म त वास्तवमै पढाइमा कमजोर छु । तैँले राम्रो पढ्नु । म घरमा आमाबाबाको आँखाको तारो छु । स्कुलमा प्रायः शिक्षकको गाली र सजाय नपाएको दिन हुँदैन । तर म के गरुँ ? मलाई कुनै आइडियै आउँदैन । वास्तवमा मलाई कसैसँग बोल्न, कुरा गर्न, कसैकोमा जान मन लाग्दैन । जसकोमा गए पनि पहिला पढाइकै कुरा निस्किन्छ । खै, म त आफैंलाई आफू भार भएकोजस्तो लाग्छ ।” तर मैले पनि नसम्झाउने गरेको त कहाँ हो र तर मनको वह कतिसम्म डरलाग्दो बन्दो रहेछ । 

एकदिन बिहानै बुबा र म एकछिन् बिहानीको यात्रामा निस्केका थियौँ । विदाको दिन भएकाले मनमैजु हुँदै सामाखुसीतिर जाने सोच बनाएर कोठाबाट निस्क्यौँ । पुसको महिना भएकाले चिसो त छँदै थियो साथमा आकाश पनि रिसाएझैं दुःखित लाग्थ्यो । जाडोको मौसममा बिहानीको यात्रा साँच्चै नै रमाइलो पनि हुन्छ नै । गोङ्गबु चोकसम्म आइपुगेपछि बाबासँग साथी गोपालको घर छेउ हुँदै जान आग्रह गरेँ । कतै बाटामा उसलाई भेटिएला कि भन्ने आशा राखे पनि हामीले उसकोमा जाने भन्ने सोच चाहिँ बनाएका थिएनौ । तर अकस्मात् उसको घर नजिकै पुग्दा ठूलो रुवाबासी र होहल्लाले हामीलाई त्यतैतिर खिच्यो । केही मानिसहरु फोनमा पुलिसलाई खबर गर्ने कुरा गरिरहेका थिए । कोही चाहिँ मोटरबाइकमा खोज्न जाने भन्ने गफ गरिरहँदा मनमा एक प्रकारको डर मिश्रित उत्सुकता जाग्यो । 

तर वास्तविक घटनाको चुरो थाहा नहुँदा कसलाई सोधूँ, म आफैं रनभुल्लमा परेँ । मनमा अनेकथरी विचारका साथमा नकारात्मक सोच र त्रासको पनि एकाएक तँछाड मछाड गर्दै दौड सुरु भयो । आखिर सोधौँ म कस्लाई ? 

गोपालकी आमाले मलाई देख्नासाथ एक्कासि अँगालो हालेर गोपालले घर छाड्नुको कारण सोध्न थाल्नुभयो । गोपालको साथी भएको हुनाले समस्यालाई धेरै बुझ्नुपर्ने व्यक्तिको रुपमा त म पो परेँ । बाबाले पनि घटना जान्न चाहेपछि गोपालकी आमाले नै भन्न थाल्नुभयो “बेलुकाको खाना खाएपछि त्यस्तै पढाइको विषयमा चर्चा भएको थियो । उसलाई कमजोर भइस्, मेहेनत गर् भनेकी थिएँ ।

मैले अलिअलि गाली पनि नगरेकी हैन । तर आजभोलि निकै दिन भइसकेको थियो ऊ हामीसँग खासै नजिक पर्दैनथ्यो । अस्ति सँगै मन्दिर जाऔँ न भन्दा पनि जान मानेन । खोइ के भ’को हो, साथीसँग पनि घुम्न जानेओर्ने कुरा गर्दैनथ्यो । आज बिहानसम्म उठेको नदेखेपछि चिया लिएर ओछ्यानमा जाँदा उसलाई देखिन ।” गोपालकी आमा झनै भक्कानिएर रुन थाल्नुभयो । मैले सम्हालिनलाई आग्रह गर्न पनि सकिन । 

एक्कासि मेरो मनमा एउटा ख्याल आयो अनि मैले उसको कोठामा जान अनुमति लिएर कुनै आधार खोज्न चाहेँ । कोठालाई राम्ररी मिलाइएको थियो । किताबहरूमा गाता लगाइएको, कापी झनै समेटेर राखिएको देखेँ । उसको सिरानीमुनि हेर्दा एउटा कागज भेटेँ– बडो मजाले पट्याइएको थियो । त्यो कागज खोलेर आफैं हेरूँ या नहेरूँ डर पनि साथै उत्सुकता मनमा एकाएक आउन थाल्यो । तै पनि आँट गरेर कागज मैले मात्रै पढ्ने उद्देश्यले खोलेँ । त्यहाँ लेखिएको थियो – 

आदरणीय आमाबाबा ! म गल्ति गर्न चाहन्न । म पढ्न कमजोर छु । यो मेरै कारणले हो । तर म हजुरहरूको मायाको भोको छु । म लेख्न पनि जान्ने त होइन तर समस्याले झापड हानेपछि, मन पग्लिएपछि सायद सरस्वती माता लाचार हुँदिरहिछिन् । आज यो पत्र पढेपछि तपाईँहरूले मलाई खोज्ने आवश्यकता नपरोस् । तर म आमा बाबाको आशालाई प्रेमपूर्वक पूरा गर्न चाहन्छु ।
                                                                                                                               उही यहाँहरूकै छोरा
                                                                                                                                  गोपाल मैनाली

मैले सानै स्वरमा पढेको भए पनि गोपालकी आमा ढोकामा आएर सुनिरहनुभएको रहेछ । उहाँ त भक्कानिएर झनै रुन पो थाल्नुभयो । अनि हामी सबैलाई थाहा भयो– उसले घर मात्र छोडेको हो उसलाई केही भएको छैन । 

दिन दुगुना रात चौगुना चर्चा चल्न थाल्यो । फेसबुकमा, स्टाटस, म्यासेजहरूमा उसकै खोजीका कुरा हुन थाले । स्कुल, चोक जताततै उसकै खोजीमा सकेसम्मको प्रयास गर्न थालियो । विदेशबाट उसकै बारेमा गुनासाहरू बढिरहेका थिए ।

मानिसहरूका अनुमान अनि निर्देशनका ठेलीले म झनै पीडामा छट्पटिन थालेँ । टेलिभिजन, पत्रपत्रिकामा भने जानकारी दिने कि नदिने भन्ने विचारहरू पैmलिन थाले । अन्ततः सबैमा तनाव र पीडा बढ्न थाल्यो । अनेक थरी शङ्का उपशङ्काले आफन्तहरूमा चिन्ता बढाइरहेकै थियो । गोपालकी आमाले खाना नखाएको दुईदिन भइसकेछ । बल्ल सम्झाएपछि उहाँले अलिकति खानुभयो । मलाई पनि रातदिन निद्रा लागेन । घरै छोडेर यति ठूलो पीडा दिएकोले त अलिअलि रिस पनि नउठेको होइन । 

चौथो दिन बिहान बाबाको मोबाइलको ‘सुर्के थैली खै’ को रिङ टोनले मेरो निद्रा भगाइदियो । मनमा त एउटै विचारले तनाव बढाएकै थियो । एकाएक मेरो नाम लिएर कसैले बुबासँग बोलेको सुन्दा म अलि चासोमा थिएँ । 

बाबाले फोन मेरो हातमा थमाइदिनुभयो । उहाँ आफ्नै धुनमा व्यस्त हुनुहुन्थ्यो । एकजना बूढो मान्छेको आवाज थियो । “भाइ तिमी नै हौ ललित भनेको ?” – हो मै हो । तर मैले त हजुरलाई चिनिन नि ! त्यो आवाज भन्दा अर्कै आवाज अनायास मेरो कानमा प¥यो जसको अपेक्षामा म लगायत सबै पीडामा थियौँ –उही गोपालको आवाज । मैले उसलाई एकै साथ प्रश्नका ठेलीहरू तेस्र्याएँ– तँ कहाँ छस्, किन घर छोडेको ? किन हामीलाई यति धेरै पीडा दिएको ? तर उसको स्वर काँपिरहेको थियो । उसले एकजना भक्तपुरको व्यापारीसँग बिन्ति गरेर फोन गरेकाले उसले मलाई नै फोन गर्न आग्रह ग¥यो । मैले ऊ भएको ठाउँमा तुरुन्तै आउने बाचा गरेर बाबा आमासँग भनेपछि हामी लगायत सबैतिर एक किसिमको खुसी पैmलन थाल्यो । 

उसलाई देखिसक्दा मेरा आँखा रसाए । ऊ पनि रोइरहेको थियो । गोपाललाई कति पनि पीडा नथपियोस् भन्ने सोचेर उसलाई गाली नगरी उसकी आमाको हालत भनिदिएँ । त्यसपछि त ऊ झनै घुँक्कघुँक्क गरेर रुन थाल्यो । अब जे भइसक्यो भै’गो घर जाऔँ भनेर मैले उसलाई लिएर आएँ । घरमा एकाएक खुसी मिश्रित गालीले गोपाल नव आगन्तुक झैं बन्यो । 

उसले आफ्नी आमा र बाबाको त्यो अवस्था देखेर झनै आफूलाई सम्हाल्न सकेन । आमा बाबासँग प्रण गर्दै भन्न थाल्यो – “मैले ठूलो गल्ति गरेँछु । अब त म कहिल्यै यस्तो गल्ति गर्दिन । मैले आफैंले नपढेर बाबाआमाको गालीलाई ईख लिएँछु । यहाँबाट गएपछि पैसा सकिइहाल्यो । त्यसपछि मैले एकजना इट्टाभट्टाको  मान्छेसँग काम दिन आग्रह गरेँ । उसले काम त दियो तर उसका जुठा भाँडा माझ्न लगायो । अलिकति तरकारी र थोरै बासी भात दिएपछि आमाले घरमा माया गरेर दिएको खाना मीठो भएन भनेर फालेको, घुर्की लगाएको झल्झली याद आयो । पढ्नु त मेरै लागि थियो तर मैले बाबाआमा र गुरुहरुको लागि पढ्ने ठानेर बाबाआमाको गालीलाई ईख लिएँछु । सरी बाबाआमा अब म पक्का पनि पढ्छु ।” ऊ रोइरहेको थियो । रुवाई मिसिएको स्वरमा ऊ अभैm भन्दै थियो–“इट्टाभट्टाको मान्छेले इट्टा लोड गर्न लगाउँदा बल्ल थाहा भयो बाबाले मलाई पढाउनका लागि कति दुःख गर्नुभएको रहेछ । मैले यी कुरा त कल्पना पनि गरेको रहेनछु ।”

उसका यस्ता कुरा सुनेपछि उसकी आमाले अँगालो हालेर गालाभरी म्वाई खान थाल्नुभयो । “छोरा अब म कहिल्यै गाली गर्दिन । मैले त्यस्तो गाली गर्नु राम्रो होइन‘थ्यो । मैले अनजानमा बोलेको कुराले तिमीलाई ठूलो चोट परेछ ।”
उसको बाबाले अर्कोतिरबाट अँगालो हालेपछि ऊ एक्कासि बाबाको अँगालोमा परेर माफी माग्न थाल्यो । उसको टाउको सुम्सुम्याउँदै बाबाले अबदेखि केही समस्या भए घरमा भन्ने गर्नुपर्छ भन्ने सल्लाह पनि दिनुभयो । त्यहाँको दृश्यले सबैको अनुहारमा खुसीका रङ देखिन्थे । ऊ लगायत उसका सबै परिवारले मलाई धन्यवाद दिनुभयो । मलाई उसको सबै घटना अभैm ताजै लाग्छ । त्यस्तो गोपालले त्यसपछिका हरेक परीक्षामा राम्रो अङ्क ल्याएको देखेर सबै शिक्षकहरू पनि खुसी हुनुहुन्थ्यो । 

त्यो घटना घटेको तीन वर्षपछि गोपाल स्कुलको पाँचौँ मेधावी विद्यार्थीमा पर्न सफल भयो । एस्.एल्.सि.को नतिजा प्रकाशनको प्रतिक्षामा सबै शिक्षक लगायत हामी आतुर थियौँ । सबैभन्दा अचम्म त्यहाँ भयो जुन अप्रत्यासित थियो गोपाल विद्यालयको मात्र होइन नेपालकै प्रथम भएको रहेछ । यो पत्याउने कुरा जस्तो त धेरैलाई लागेको थिएन तर त्यो यथार्थ थियो । 

गोपाल अहिले नेपाल एयरलाइन्सको मेनेजर बनेको छ । म उद्योग मन्त्रालयमा छु । हामी कहिलेकाहीँ ती विगतका घटनामा हराउँछौँ । साह्रै अविश्मरणीय लाग्दो रहेछ– विगतमा हराउँदा ।  

 


               

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाईंदै

    काठमाडौं, वैशाख १० – विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस आइतबार, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदै छ ।

  • मेरी शंकरकी पारिजात

    मेरो सुर्योदय, तिम्रो आवाजसंगै हुन्छ र अस्त तिम्रो यादले

  • व्यंग्य कविता : आजको अन्दोलन

    गोली ताकेर हानिन्छ , मारिन्छ किन गौतम ? बुद्धको भूमि हो मेरो शान्तिको मन्त्र–उद्गम । जनताको सुरक्षा खै ? सुरक्षा देशको कता भुँडी सुधारमा नेता लाग्ने भए जतातता ।

  • मदनपुरस्कार विजेता ‘खलंगामा हमला’ अब अंग्रेजीमा

    काठमाडौं, वैशाख ७ – मदनपुरस्कार विजेता पुस्कत ‘खलंगामा हमला’ अंग्रेजी संस्करणमा आएको छ । नेपाली पाठक माझ लोकप्रिय रहेका कृतिलाई वृहत अंग्रेजी घेरामा लैजानका लागि नेपालयले ‘खलंगामा हमला’ को अंग्रेजी संस्करण ‘जुम्ला-एउटा नर्सको कथा’ रुपमा तयार पारेको छ ।

  • हो मलाई नयाँ वर्षले सताउँछ

    मेरो घरबाट घाम अस्ताउने दिशातिर नयाँ क्यालेण्डर बोकेर आउँछ एउटा मेला, सुनबर्षी । सुनबर्षी नयाँ सालमा शुभकामना भरिएको उत्सव बोकेर आउँथ्यो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया