MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

अर्घाखाँचीमा १० करोडको सुन्तला

अर्घाखाँची, पुस १६ – अघिल्ला बर्षको तुलनामा यस बर्ष अर्घाखाँचीमा सुन्तला उत्पादनमा बृद्धि हुने भएको छ । जिल्लामा यस वर्ष झण्डै १० करोड रुपैयाँको सुन्तला उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीले अनुमान गरेको छ ।पणेना पटौटी, खिदीम अर्घातोष, भगवती मरेङ, हंसपुर, ढिकुरा खाँचीकोटलगायतका गाविस सुन्तला खेतीको पकेट क्षेत्र हुन् । सबै स्थानमा सुन्तला उत्पादनमा वृद्धि भएपछि यस बर्ष ५७ सय मेट्रिक टन सुन्तला उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीका  वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेलले जानकारी दिनुभयो । 

गत वर्ष आठ करोड ५० लाख रुपैयाँको सुन्तला उत्पादन भएको थियो । यस वर्ष झण्डै १५ प्रतिशत सम्म उत्पादनमा वृद्धि हुने कार्यालयको अनुमान छ । जिल्लामा झण्डै एक हजार हेक्टरमा सुन्तला खेती भइरहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख योगप्रसाद खरेलले बताउनुभयो ।  

जिल्लामा उत्पादन भएको सुन्तलाले राम्रो बजार पाएको र उत्पादन भएको सुन्तला सन्धिखर्क, तम्घास, तानसेन र बुटबलमा बिक्री भइरहेको छ  । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया