MENU

साहित्य/ कला

Ncell Axiata
USAID

हाँस्यव्यङ्ग्य निबन्ध संग्रह ‘जय फेसबुक’ विमोचित

काठमाडौं, पुस १६ – निबन्धकार कविन्द्र तिमल्सिनाको हाँस्यव्यङ्ग्य निबन्ध संग्रह ‘जय फेसबुक’ राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा विमोचन गरिएको छ । 
शनिबार राष्ट्रकवि निवास लैनचौरमा विशेष कार्यक्रम गरी पुस्तक विमोचन गरिएको हो । निबन्धकार तिमल्सिनको जय फेसबुकमा १६ वटा निबन्ध संग्रहित छन् । युवापुस्ताको फेसबुक मोह र त्यसले निम्त्याएका विभिन्न परिस्थितिमाथि निबन्ध केन्द्रित छन् । कम उमेरमै साहित्यलाई माया गरेर कलम चलाउनु राम्रो कुरा भएको भन्दै राष्ट्रकवि घिमिरेले निबन्धकार तिमल्सिनाको प्रशंसा गर्नुभयो ।  
२० वर्षकै उमेरमा हाँस्यव्यङ्ग्य निबन्ध साहित्यमा कलम चलाउनु खुसीको कुरा भएको भन्दै प्राध्यापक डा. कृष्णप्रसाद दाहाले निबन्धकारलाई बधाई दिनुभयो । ‘जय फेसबुभित्रका निबन्धले व्यावहारिक जीवनमा मानिसले प्रविधिप्रति के कस्तो सम्मान प्रदर्शन गर्दै त्यसलाई आत्मसातसमेत गर्नुपर्दछ भन्ने कुराको सटिक किसिमबाट बान्कीमय घुम्टो उघारेको छ’ डा. दाहालले भन्नुभयो ।

धादिङ फुलखर्कमा जन्मिएका तिमल्सिनाको ‘जय फेसबुक’ पहिलो निबन्ध संग्रह हो । साहित्यमा पाएको प्रेरणा र पाठकले गर्ने मायाले आफूलाई अझै हौसला मिल्ने र साहित्यिक यात्रामा थप सशक्त भएर लागिरहने निबन्धकार तिमल्सिनाले बताउनुभयो । 

मनमती साहित्य समाजले गरेको विमोचन कार्यक्रममा राष्ट्रकवि घिमिरेद्वारा लिखित केही गीतसमेत गाइएको थियो । जसले कार्यक्रमलाई थप रमाइलो बनायो । कार्यक्रममा राष्ट्रकवि पत्नी महाकाली घिमिरे पनि सरिक हुनुहुन्थ्यो । गीता तिमल्सिनाले प्रकाशन गर्नुभएको ‘जय फेसबुक’ को मूल्य २ सय १५ रुपैयाँ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया