MENU

विज्ञान प्रविधि

USAID

आजदेखि फोर जी सेवा सुरु, न्युनतम स्पिड ३५ एमबी प्रतिसेकेण्ड

काठमाडौं, पुस १७ – नेपाल टेलिकमले आइतबारदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । अहिले चलिरहेको भन्दा दु्रतगतिको मोबाइल डाटा इन्टरनेट सुविधा दिने फोर जी सेवा आइतबारदेखि काठमाडौं उपत्यका र पोखरामा शुरु हुन लागेको हो । 

तत्कालका लागि यो सेवा काठमाडौंमा झण्डै तीन लाख र पोखरामा तीन लाख उपभोक्ताले यो सुविधा चलाउन सक्नेछन् । फोर जी सेवा बिस्तारै अरु शहरमा पनि बिस्तार गरिने टेलिकमले जनाएको छ । यो सेवा शुरु भएपछि मोबाइलबाट इन्टरनेट चलाउने प्रयोगकर्तालाई धेरै फाइदा पुग्ने टेलिकमले जनाएको छ । 

अहिले मोबाइल प्रयोगकर्ताले प्रयोग गरिरहेको मोबाइल डाटाको स्पिड १४ एमबी प्रतिसेकेण्ड रहेकोमा फोर जीको न्युनतम स्पिड नै ३५ एमबी प्रतिसेकेण्ड हुने टेलिकमलले जनाएको छ । फोर जी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोन, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रिडी टेलिभिजन र क्लाउड कम्प्युटिङ लगायत पर्दछन् । 

सबै उपभोक्ताले चलाउन भने पाउँदैनन 

काठमाडौं र पोखराका पनि सबै उपभोक्ताले फोर जी सेवा सञ्चालन गर्न भने पाउँदैनन् । यो सेवा उपयोग गर्न कम्प्याटेवल सिम आवश्यक पर्छ तर टेलिकमले वितरण गरेका सवै सिम कम्प्याटेवल नभएकाले सबै उपभोक्ताले यो सेवा लिन नसक्ने टेलिकमले जनाएको छ ।

फोर जी सेवा लिनका लागि मोबाइल सेटपनि फोर जीलाई सपोर्ट गर्ने सुविधा सहितको हुनुपर्छ । टेलिकमले फोर जी सेवाको शुल्क भने अझै सार्वजनिक गरेको छैन । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​अब देशभर ‘फोर जी’ सेवा

    काठमाडौ, माघ ५ – सूचना, सञ्चार तथा प्रविधिमा तीव्रगतिमा फड्को मारिरहेको दूरसञ्चार क्षेत्रले मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ ।

  • तीन व्यक्तिको डिएनएसहित एक बच्चाको जन्म

    माघ ५ – युक्रेनमा ‘तीन व्यक्ति–आइभिएफ’ पद्धतिबाट एक शिशुको जन्म भएको छ । बच्चा जन्माउन नसक्ने दम्पतीले ‘तीन व्यक्ति–आइभिएफ’ सन्तान पाएका हुन् ।

  • पिसाबले बताउँछ, तपाईं के खानु हुनुहुन्छ

    काठमाडौं, माघ २ – पिसाबको परीक्षणबाट मानिसले कत्तिको स्वस्थकर खाना खाएको छ भन्ने पत्तालगाउन सकिने भएको छ । बेलायतका वैज्ञानिकले व्यक्तिको पिसाबको परीक्षणबाट उसले खाएको खाना कत्तिको स्वस्थकर थियो भन्ने थाहा पाउन सकिने बताएका हुन् ।

  • लगानी कोषको पनि मोबाइल एप्लिकेसन सेवा

    काठमाडौं, माघ १ – नागरिक लगानी कोषले आफ्ना बचतकर्तालाई मोबाइल एप्लिकेसनबाट बचत रकम र विवरणबारे जानकारी दिने सेवाको सुरुआत गरेको छ ।

  • ​श्रम स्वीकृतिका सबै काम अनलाइनबाटै

    काठमाडौं, पुस २९- आउँदो सोमबार देखी व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाटै लिन सकिने भएको छ । वैदेशिक रोजगार विभागको ताहचाल कार्यालयमा यसका लागि तयारी पुरा भएको श्रम ताथ रोजगार मन्त्रालयका सुचना अधिकारी श्यामराज अधिकारीले जानकारी दिनुभयो ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया