MENU

बातावरण-कृषि

USAID

सन्तानका लागि सुनचाँदी होइन, सुन्तला

सिद्धराज राई/उज्यालाे ।

धनकुटा, पुस १७ – धेरैले भावि सन्ततीको लागि जग्गा जमिन जोड्छन् । कतिपयले सुनचाँदी पनि जोड्छन् । तर धनकुटाका एक किसानले भावि सन्ततीका लागि भन्दै सुन्तला बँगैचा जोडेका छन् । 

धनकुटाको मौनाबुधुकका किसान सुरेन्द्र चेमजोङले ५० रोपनी जमिनमा सुन्तला बँगैचा लगाउँदै सन्तानका लागि जोडेको बताउनुभयो । ‘सुन्तला बँगैचाको स्याहर  र मेहनत गर्न  सक्यो भने आफैं आम्दानी दिन्छ । त्यसैले सुनचाँदी भन्दा पनि छोरा नातीलाई मेहनती बनाउन सुन्तला बँगैचा लगाएको’ ६६ वर्षे किसान चेम्जोङले भन्नुभयो । 
 
२०२४ सालमा छिमेकीको बारीमा लटरम्म फलेको एउटा बुढो रुखकोे सुन्तला खरिद गरेर बिक्री गर्दा चेम्जोङले दोब्बर मुनाफा गर्नुभयो । यसरी सुन्तलाबाट नसोचेको आम्दानी भएपछि चेम्जोङलाई सुन्तला खेतीले लोभ्यायो । एउटा बोटले यती धेरै फाइदा दिँदो रहेछ भने एकसय बोट लगाउँदा मेरो नाती, पनातीसम्मलाई पुग्छ भन्ने चेमजोङको मनमा इच्छा जाग्यो ।  त्यसैले सुन्तला बँगैचा लगाउन थालेको उहाँले बताउनुभयो । 

चेम्जोङले सुन्तला बिक्री गरेरै जग्गा जोड्नु भएको छ । ती जग्गामा पनि सुन्तला बँगैचा छ । ती बँगैचामा फलेको सुन्तला बिक्रीबाट गएको वर्ष उहाँले १४ लाख रुपैयाँ आम्दानी गर्नुभयो । यो बर्ष १६ लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने उहाँको आशा छ ।  
केही वर्ष अघिसम्म मौनावुधुक गाविसमा सुन्तला खेती गर्ने उहाँ एक्ला किसान हुनुहुन्थ्यो । उहाँबाट सुन्तलाको विरुवा खरिद गरेर अहिले अन्य किसानले पनि सुरु गरेका छन् । उहाँकै सिको गरेका मौनाबुधुकका एक सयजना भन्दा बढी किसानले सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । 

चेम्जोङले कुनै जग्गा बाँझो राख्नु भएको छैन । सबै जग्गामा सुन्तलाको विरुवा लगाउनुभएको छ । अहिले पाकेको सुन्तलाले बगैचा पहेलपुर देखिएको छ । चेमजोङले सुन्तला खेतीबाट अग्रणी किसानको रुपमा २०५६ सालमा राष्ट्रिय पुरस्कार पाउनुभयो ।  जिल्ला कृषि विकास कार्यालय धनकुटाले यसै वर्ष चेम्जोङलाई राष्ट्रपति पुरस्कारबाट सम्मान गरेको छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • रसुवामा १५ वटा कृषि पकेट क्षेत्र

    रसुवा, माघ ६ – रसुवामा १५ वटा व्यावसायिक कृषि उत्पादन क्षेत्र (पकेट) निमार्ण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाको ११ वटा गाविसको १४ स्थानमा पकेट निमार्ण गरिएको हो ।

  • इतिहासकै सबैभन्दा गर्मी वर्ष २०१६

    माघ ६ – सन् २०१६ इतिहासकै सबैभन्दा गर्मी वर्ष हुने देखिएको छ । गएको वर्षको तापक्रम सम्बन्धी तथ्यांकबाट सन् २०१५ भन्दा २०१६ गर्मी वर्ष हुने देखिएको हो ।

  • मौरीमा मोह

    झापाको शिवसताक्षी नगरपालिका दूधेकी देवी दाहाल १० वर्षअघि मेलापात गरेर जीविका चलाउनु हुन्थ्यो । भएको जग्गा जमिनमा उब्जनी नभएपछि उहाँको परिवारलाई खान लाउन नै समस्या थियो ।

  • किबी फल्यो, बजार पाएन, किसान चिन्तित

    गएको वर्ष राम्रो मूल्यमा बिक्री भएको किबिले यो वर्ष बजार नपाउँदा सराङडाडा–३ कि जुनु लावती चिन्तित हुनुहुन्छ । बारीमा हुर्किएका तीन सय बोटमा फलेको १६ क्विन्टल किबी बिक्री नभएकाले लावती चिन्तामा हुनुहुन्छ ।

  • हिउँ परेपछि संकटमा जनावर तथा पक्षी, सिकार गर्ने क्रम बढ्यो

    डीबी विष्ट/उज्यालो ।बझाङ, माघ ४ – उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएसँगै जंगली जनावर र पक्षीको चोरी सिकार गर्ने क्रम बढेको छ । हिउँमा फसेका मृगसहितका जनावर र चिसोले बेसी तिर झरेका पक्षीको सिकार गर्ने क्रम बढेको हो ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया