MENU

बातावरण-कृषि

USAID

आज दिनभर पानी पर्न सक्ने

काठमाडौं, पुस १७ – काठमाडौं उपत्यकालगायत आसपासका पहाडी जिल्लाहरुमा आइतबार दिनभर फाट्फुट्ट पानी पर्न सक्ने मौसमविद् समीर श्रेष्ठ जानकारी दिनुभयो । अहिले उपत्यकालगायत आसपासका जिल्लाहरुमा फाट्फुट्ट पानी परिहरहेको छ । त्यस्तै हिमाली क्षेत्रमा भने हिमपात हुन सक्ने उहाँले बताउनुभयो ।

शनिबारदेखि हिमाली जिल्ला ताप्लेजुङ, जुम्ला, रसुवा, दोलखालगायत उच्च पहाडी र हिमाली भेगमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । दोलखाको च्योर्दुङ डाँडामा हिउँ पर्दा पटासे, ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायत क्षेत्रको जनजीवन प्रभावित बनेको छ । अस्थायी टहरामा बसिरहेका भूकम्प प्रभावितको जीवन झनै कष्टकर बनेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • हिउँ परेपछि संकटमा जनावर तथा पक्षी, सिकार गर्ने क्रम बढ्यो

    डीबी विष्ट/उज्यालो ।बझाङ, माघ ४ – उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएसँगै जंगली जनावर र पक्षीको चोरी सिकार गर्ने क्रम बढेको छ । हिउँमा फसेका मृगसहितका जनावर र चिसोले बेसी तिर झरेका पक्षीको सिकार गर्ने क्रम बढेको हो ।

  • हिउँ चितुवा र चितुवा एकै ठाउँमा, चिन्ता बढ्यो

    काठमाडौं, माघ ४ – हिउँ चितुवा र सामान्य चितुवा एकै ठाउँमा बसेको देखिएको छ । तिब्बतको पठार क्षेत्रमा रेकर्ड गरिएको भिडियो फुटेजमा हिउँ चितुवा र चितुवा एकै ठाउँमा देखिएका हुन् ।

  • सिँचाइको लापरवाहीका कारण डुबान, लाखौँको क्षति

    सुमन तिमल्सिना/उज्यालो । बिराटनगर, माघ ३ – गएको साउन र भदौमा दुईपटक गएको बाढीका कारण ठूलो क्षति ब्यहोरेका मोरङ सिसवनी जहदाका किसान फेरि डुवानबाट पीडित बनेका छन् ।

  • दुई चारलाख रुपैयाँ कमाउन विदेश जानै पर्दैन

    म्याङलुङ्ग नगरपालिका–७ का ४० वर्षे कृष्णकुमार श्रेष्ठलाई भएको बारीमा उत्पादित खाद्यान्नले वर्ष भरिपनि खान पनि पुग्दैन थियो । तर बारीमा मकै, कोदोको सट्टा तरकारी खेती गर्न थालेपछि श्रेष्ठले अहिले वर्षको चारदेखि पाँच लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।

  • मूूल्य निर्धारण भएको तीन हप्ता भइसक्दा पनि उखु किसानले पाएनन् भुक्तानी

    सर्लाही माघ २ – उखुको मूूल्य निर्धारण भएको तीन हप्ता भइसक्दा पनि किसानले भुक्तानी पाउन सकेका छैनन् । सरकारले पुस १२ गते यस सिजनका लागि उखुको मूल्य प्रति क्वीन्टल ५ सय ३१ रुपैयाँ कायम गरे पनि उद्योगीले मूल्य कायम भएकोबारे सरकारले पत्राचार नगरेको दावी गर्दै किसानका भुक्तानि नदिएका हुन् ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया