MENU

यो पनि समाचार

Ncell Axiata

लसुन खाएर विश्व रेकर्ड बनाउँदै भरत, एक मिनेटमा ४२ पोटी खाए

काठमाडौं, पुस १७ – कैलाली स्थायी घर भएका भरत बिष्टले एक मिनेटमा लसुनको ४२ वटा पोटी खाएर विश्व रेकर्ड तोडेको दावी गरेका छन् । 

उनले यसभन्दा पहिले अमेरिकन नागरिक प्याट्रिक बेलट्रोलेट्रिको नाममा रहेको कीर्तिमान आफूले तोडेको दाबी गरेका हुन् । सन् २०१२ को जनवरी १४ मा प्याट्रिकले एक मिनेटमा ३६ वटा पोटी खाएका थिए ।  

आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले पहिलो प्रयासमा एक मिनेटमा ३१ वटा पोटी खाएका थिए भने पछिल्लो प्रयासमा एक मिनेटको समयमा ४२ वटा पोटा खाएका हुन् । तथापि उनले एक मिनेटमा ४२ वटा लसुनका पोटी खाएपनि गिनिजबुकले आधिकारिक रुपमा उनले लसुन खाएको भिडियो हेरेर मात्र रेकर्डलाई मान्यता दिने जनाए।

बिष्टले हात र खुट्टाको जुनसुकै औंलाले कलम समातेर उत्तिकै छिटो लेख्न सक्ने बताउँदै खाना खाँदा लसुन खाइरहने भएको कारण आफूले यो रेकर्ड तोड्न सक्ने विश्वासका साथ रेकर्डको लागि आफू तयार रहेको बताए । 

‘मानिसले तीन केजिसम्म लसुन खान सक्छ, त्यसैले मलाई पनि केही हुँदैन, बानि नपरेकालाई एक दुईवटा पोटाले नै घुमाउँछ, मैले कैलाली रहँदा ४९ र ४२ पोटा पनि एकै मिनेटमा खाएको थिएँ, मेरो प्रतिभाले यो देशलाई चिनाउन सहयोग गर्न सक्छ भने म किन तयार नहुने ? मैले अघिबाट र पछाडिबाट उहि समयको रफ्तारमा पढ्न पनि सक्छु ।’ उनले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • हप्तौँसम्म मृत मालिकको छेउमा कुरुवा कुकुर

    पुस २२ – हंगेरीमा एउटा कुकुरले निधन भएकी मालिकको छेउमा बसेर हप्तौँ बिताएको छ । बुडापेस्टमा रहेको फ्ल्याटमा जाजा नाम गरेको ९ वर्षको कुकुर निधन भएकी आफ्नी मालिक्नीको छेउमा बसेको अवस्थामा बुधबार भेटिएको हो ।

  • छोराले आमासँगको सम्झौता कमाउने भएपछि बिर्से : अब १० लाख डलर तिर्नु पर्ने

    पुस १९ – ताइवानको उच्च अदालतले एक व्यक्तिलाई आफ्नी आमालाई १० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ । आफूलाई हुर्काएको तथा दन्त चिकित्सक बनाउनका लागि गरेको खर्च बापतको रकम आमालाई बुझाउन अदालतले आदेश दिएको हो ।

  • ठगलाई १३,२७५ वर्ष जेल सजाय

    पुस १५ – थाइल्याण्डमा एकजनालाई जालसाजी तथा ठगीको आरोपमा १३ हजार २ सय ७५ वर्षको जेल सजाय सुनाइएको छ । थाइ अदालले जालसाजीको आरोपमा ३४ वर्षका पुदित किट्टिहराडिल्कोलाई उच्च आर्थिक लाभ दिने भन्दै स्किम चलाएर ठगेको आरोपमा १३ हजार वर्ष भन्दा बढीको जेल सजाय सुनाएको हो ।

  • १०७ वर्षकी हजुरआमाको ‘ह्याण्डसम’ राहुल गान्धीसँगको प्रेमकथा

    पुस ११ – एकतिर १०७ वर्षकी हजुरआमा, जसले समयको लामो बाटो तय गरेकी छन् । अर्कोतर छन्, ४७ वर्षका कांग्रेसका युवा अध्यक्ष राहुल गान्धी । दुईबिचको उमेरको फरक ६० वर्ष ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया