MENU

राजनीति

USAID

टोपी दिवसलाई व्यङ्ग्य गर्दै बाबुरामले लेखे - अब धोती दिवस ! बख्खु दिवस !

काठमाडौं, पुस १७ – शिरमा सजिने टोपीको पहिचान खोज्दै चौथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइरहेका बेला पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले टोपी दिवसप्रति व्यङ्ग्य गर्नुभएको छ ।  

उहाँले टोपी दिवसलाई व्यङ्ग्य गर्दै आइतबार बेलुका ट्वीट गर्नुभएको छ, ‘टोपी दिवस रे ! अब बख्खु दिवस ! धोती दिवस ! संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसाँस्कृतिक स्वीकारिसकेको देशमा एकल सँस्कृतिका कुरा कति जायज ?’   

आइतबार अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस, हाम्रो शान, हाम्रो पहिचान : नेपाली टोपी अभियान भन्ने नाराका साथ मनाइएको हो । टोपीको महत्व दर्शाउन र प्रवद्र्धन गर्न देशभर विभिन्न कार्यक्रम भए । अंग्रेजी नयाँ वर्षको अवसरमा टोपी दिवस मनाउने गरिएको छ । 

दिवसको अवसरमा हाम्रो मान हाम्रो शान र पहिचान, नेपाली पोशाकलाई सम्मान’, ‘हाम्रो अभियान मेरो ढाका टोपी, मेरो गौरव, मेरो पहिचान’ लगायतको नारा लेखिएका प्लेकाडसहित काठमाडौंको माइतीघर मण्डलामा विशेष कार्यक्रमसमेत भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया