MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

घाइते हिमाली गिद्धलाई चार दिनको उपचारपछि अविर लगाएर उडाइयो

जाजरकोट, पुस १८ – पुस १३ गते सिनो खाँदै गर्दा जाजरकोट सक्ला–२ केटाकेटीले ढुंगाले हान्दा लोपोन्मुख हिमाली गिद्ध घाइते भयो । घाइते गिद्ध उड्न नसकेपछि कुकुरले टेक्यो र गिद्ध झन बढी घाइते भयो । कुकुरले टोक्दा  गिद्धको खुट्टा भाँचिएको थियो । गिद्धको एउटा खुट्टा भाँचिएको देखेपछि जिल्ला पशु सेवा कार्यालयमा कार्यरत पशु प्राविधिक तथा पंक्षि संरक्षण अभियन्ता गोविन्द सिंहले उपचारका लागि पशु सेवा केन्द्र सक्लामा गिद्ध लैजानुभयो । कार्यालय लगेर चार दिन गिद्धको उपचार गरेपछि गिद्ध ठिक भयो । र गिद्धलाई अविर लगाएर उडाइयो । विश्वमै लोपोन्मुख मानिएको हिमाली गिद्ध जाजरकोटमा मंसिर पहिलो सातामा ७५ वटा देखिएको सिंहले बताउनुभयो । लोपोन्मुख हिमाली गिद्ध जाजरकोटमा भेटिए पनि यसको संरक्षणका लागि सम्बन्धित निकायाबट उचित पहल भने हुन नसकेको अवस्थामा यसरी गिद्ध मार्न खोज्नु नहुने भन्दै उपचार गरेर उडाइएको उहाँले बताउनुभयो । 

जाजरकोटमा गिद्ध संरक्षणका लागि गत वर्ष  नेपाल पंक्षि संरक्षण कोष र जिल्ला पशु सेवा कार्यालयको पहलमा  डाक्लो फेनिक मुक्त जिल्ला घोषणा समेत भइसकको छ  । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया