MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

काठमाडौंमा आज यसवर्षकै धेरै चिसो

काठमाडौं, पुस १८ – जम्मु काश्मिर हुँदै भूमध्य सागरबाट आएको पश्चिमी वायूको प्रभावका कारण देशभर चिसो बढेको छ । सोमबार पनि पश्चिम र पूर्वी पहाडी जिल्लामा हल्का वर्षासँगै हिमपातको सम्भावना छ । 

शनिबार र आइतबारको हिमपातका कारण पहाड  र हिमालीक्षेत्रको जनजीवन प्रभावित भएको छ । उत्तरी धादिङको विभिन्न क्षेत्रमा असिना पानी परेको छ भने केही भागमा हिउँ परेको छ । दार्खा, झार्लाङ, सत्यदेबी, रि सेमजोङ गाविसमा असिनापानी परेका कारण जनजीवन प्रभावित भएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा जोमसोममा ९ मिलिमिटर पानी परेको छ । जिरी र काठमाडौंमा हल्का पानी परेको छ । मौसमविद् बरुण पौडेलले मंगलबारदेखि मध्य र पश्चिमी क्षेत्रमा मौसम खुल्ने अनुमान गरिएको जानकारी दिनुभयो ।  पूर्वमा भने पश्चिमी वायुको प्रभाव केहीदिन रहने उहाँले बताउनुभयो । यस्तै काठमाडौंमा आइतबार यसवर्षकै चिसो भएको छ ।

आज आइतबार काठमाडौंको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार पुस सकिनै बाँकी रहेको र माघ महिना पनि आउनै बाँकी रहेकाले चिसो अझै बढ्नेछ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • दही चिउरा खाँदै, धान दिवस मनाईंदै

    काठमाडौं, असार १५ – आज असार १५, देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।

  • प्रदेश नम्बर १, ५ र ७ का धेरै ठाउँमा वर्षा, मतदाता छाता ओढेर लाइनमा

    काठमाडौं, असार १४ – बुधबार मतदान हुने १, ५ र ७ नम्बर प्रदेशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । विशेषगरी १ र ५ नम्बर प्रदेशमा पानी पर्ने क्रम बढीरहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो ।

  • मरेका १८ वटा बाख्रा नियन्त्रणमा, व्यवसायी पक्राउ

    काठमाडौं, असार १२ – काठमाडौं उपत्यकामा मरेका १८ वटा बाख्रा भित्र्याउँदै गरेको अवस्थामा थानकोट चेकपोष्टस्थित पशुपछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रणमा लिएका छन् ।

  • ५ तस्बिरमा हेर्नुहोस् खोटाङमा ५ दिन अघि नै धान दिवस

    खोटाङ, असार १० – खोटाङमा पाँच दिन अगावै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

  • तरकारी खेतीले आत्मनिर्भर बनायो

    डीबी विष्ट/उज्यालो । बझाङ, असार १० – केही वर्षअघि छोराछोरी बिरामी हुदाँ चार पाँच सय ऋण निकालेर अस्पताल हिँडेको सम्झना गर्ने थलारा गाउँपालिका पिखेतकी शिवजला थापा अहिले तरकारी खेतीबाट आत्म निर्भर हुनुभएको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया