MENU

साहित्य/ कला

Ncell Axiata
USAID

​अँजुलीमा अभियन्ता गजल संग्रह लोकार्पण

काठमाडौं, पुस १८ – ईन्जिनियरिङ साहित्यिक समाज (इन्सास) ले ११ जना ईन्जिनियरको गजल संग्रह अँजुलीमा अभियन्ता लोकार्पण गरेको छ ।

पुस १६ गते शनिबार पुल्चोक ईन्जिनियरिङ कलेजमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार तुलसी दिवसले अँजुलीमा अभियन्ता लोकार्पण गर्नुभएको हो । इन्सासले यसअघि पनि साहित्यक कृति अन्जुलिमा अभियन्ता कविता संग्रह तथा मन्जरी प्रकाशन गरेको छ ।

गजल संग्रहमा ईन्जिनियर रामकुमार श्रेष्ठ, ईन्जिनियर सतिश त्रिपाठी, ईन्जिनियर रमेश रानाभाट लगायतका गजलकारका गजल संग्रहित छन् । गजल संग्रहका समिक्षक देवी नेपालले एउटै उमेर समूह र एउटै पेशाका सर्जकमा पाईने अनुभूतिगत समानता र भिन्नताको स्पष्ट रेखाचित्र यस कृतिमा रहेको उल्लेख गर्नुभयो ।

कार्याक्रममा ईन्जिनियर एशोशिएसन नेपालका पूर्व अध्यक्ष महेन्द्र बहादुर गुरुङ्ग र ईन्जिनियर पुष्कर रिजाललाई सम्मान गरिएको थियो । गुरुङगलाई प्राविधिक श्रष्टा सम्मान र रिजाललाई पितम्बरा प्यूस युवा साहित्य पुरष्कारबाट सम्मान गरिएको इन्सासले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘नमस्ते काठमाडौं’ तयार

    काठमाडौं, वैशाख १३ – चलचित्र निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीको कथा संग्रह ‘नमस्ते काठमाडौं’ तयार भएको छ ।

  • विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाईंदै

    काठमाडौं, वैशाख १० – विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस आइतबार, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदै छ ।

  • मेरी शंकरकी पारिजात

    मेरो सुर्योदय, तिम्रो आवाजसंगै हुन्छ र अस्त तिम्रो यादले

  • व्यंग्य कविता : आजको अन्दोलन

    गोली ताकेर हानिन्छ , मारिन्छ किन गौतम ? बुद्धको भूमि हो मेरो शान्तिको मन्त्र–उद्गम । जनताको सुरक्षा खै ? सुरक्षा देशको कता भुँडी सुधारमा नेता लाग्ने भए जतातता ।

  • मदनपुरस्कार विजेता ‘खलंगामा हमला’ अब अंग्रेजीमा

    काठमाडौं, वैशाख ७ – मदनपुरस्कार विजेता पुस्कत ‘खलंगामा हमला’ अंग्रेजी संस्करणमा आएको छ । नेपाली पाठक माझ लोकप्रिय रहेका कृतिलाई वृहत अंग्रेजी घेरामा लैजानका लागि नेपालयले ‘खलंगामा हमला’ को अंग्रेजी संस्करण ‘जुम्ला-एउटा नर्सको कथा’ रुपमा तयार पारेको छ ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया