MENU

बातावरण-कृषि

Ncell Axiata
chhaka panja

करेन्ट लागेर गैंडाको मृत्यु, खाग र खुर झिकियो

विद्रोही गिरी/उज्यालो ।

नवलपरासी, पुस १८ – नवलपरासीको गैंडाकोट-७  गैरीमा एउटा बयस्क गैंडा मृत भेटिएको छ । करेन्ट लगाएर गैंडा मारेको हुन सक्ने सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देवकोटाले बताउनु भयो ।  
निकुञ्ज क्षेत्रभन्दा बाहिर क्षेत्रमा गैंडा मरेकाले त्यसको अनुसन्धान जिल्ला वन कार्यालय नवलपरासीले गरेकोसमेत उहाँले जानकारी दिनु  भयो  । गैंडाको मृत्यु बारे अनुसन्धान गर्न सहायक वन अधिकृत ईश्वर वाग्लेलाई वन कार्यालयले खटाएको छ । गैंडाको पोष्टमार्टम गर्दा प्रारम्भिक रिपोर्टमा करेन्ट लागेको देखिएकाले गैंडा मारेको हुन सक्छ उहाँले भन्नुभयो ‘बिद्युतीय तारबार क्षेत्र नभएकाले मान्छेले नै करेन्ट लगाएको हुन सक्छ विस्तृत अध्ययन गर्दछौं ।’ 

गैंडाको पोष्टमार्टमका लागि चिकित्सकसहितको टोली सेक्टर वन कार्यालय कावासोती आएको थियो । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी सुरक्षार्थ नेपाली सेना, प्रहरी र वन कर्मचारीको रोहवरमा खाग र खुर सुरक्षित रुपमा निकालिएको वन कार्यालयले जनाएको  छ ।  वन  कार्यालयले अनुसन्धानका लागि एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोरीले गर्मी बढ्यो

    काठमाडौं, भदौ ३१ – मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।

  • वातावरण संरक्षणमा काम गर्न स्थानीय तहलाई सरकारको निर्देशन

    काठमाडौं, भदौ ३१ – सरकारले सबै स्थानीय तहलाई वातावरणीय संरक्षणमा काम गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरण संरक्षणका लागि तत्कालीन र दीर्घकालिन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रणका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको हो ।

  • बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान

    चितवन, भदौ ३० – साउन अन्तिम हप्ता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ ।

  • ‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

    दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो । सडक छेउमै १० मिटर पर आराम गर्दै थियो विश्वकै दुर्लभ पाटेबाघ ।

  • रारा रेडपाण्डाका लागि उत्कृष्ट बासस्थान बन्दै

    श्याम बिसी/उज्यालो । मुगु, भदौ २९ – आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्य बनेको रारा ताल रहेको रारा राष्ट्रिय निकुञ्ज लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको पनि मुख्य बासस्थानको थलो बन्न थालेको छ । रारा राष्ट्रिय निकुञ्जले पछिल्ला वर्षमा रेडपाण्डाको संख्यामा पनि क्रमिक रुपले बढ्दै गएको जनाएको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया