MENU

यो पनि समाचार

Ncell Axiata
NIC Asia

छोराभन्दा आमा कान्छी

बालकुमार शर्मा/उज्यालो ।

जाजरकोट, पुस १८ – छोराभन्दा आमा कान्छी सुन्दा विश्वास हुने कुरो होइन । आफ्नै कोखबाट जन्माएको छोरा आफूभन्दा जेठो कसरी होला र ! तर जाजरकोटमा भने छोराभन्दा आमा एक महिनाले कान्छी भेटिएको छ ।  

जाजरकोटमा नागरिकता फाटका कर्मचारीको लापरबाहीले गर्दा छोराभन्दा आमा कान्छी हुनु भएको छ । जन्ममिति सोधेमा मात्र अनौठो लाग्न सक्छ । नागरिकता फाँटका कर्मचारीको लापरबाहीका कारण जिल्लाको खगेनकोट गाविसका–४ का रामचन्द्र खनालभन्दा उहाँकी आमा प्रेमा जैसी झण्डै एक महिनाले कान्छी  हुनु भएको हो । जिल्ला प्रशासन कार्यालयको नागरिकताको रेकर्ड बुकमा हेर्दा उहाँहरुको उमेर भिन्नता प्रस्ट हुन्छ । 

रामचन्द्र खनालको नागरिकतामा २०४५ साल १ महिना १९ गते जन्म उल्लेख गरिएको छ भने उहाँकी आमाको नागरिकतामा २०४५ साल २ महिना २२ गते हुन पुगेको छ । छोराभन्दा आमा कान्छी भएपछि सामाजिक सुरक्षा भत्ता ,वृद्ध भत्ता पाउने उमेरमा समेत उमेर नपुग्ने देखिएको छ । यस्ता प्रकारका घटना प्रशस्त देखिएको सदरमुकाम खलंगामा लामो समयदेखि फोटो स्टुडियो सञ्चालन गर्दै आउनु भएका अमर शाहले सुनाउनुभयो । आफ्नोमा फोटोकपि गर्न तथा फोटो खिच्न आउनेहरु यस्तै समस्या लिएर आउने गरेको पनि उहाँले बताउनु भयो  । 

यो प्रतिनिधि घटना मात्र हो । जिल्लाका अधिकांश व्यक्तिका नागरिकतामा कसैका जन्म मिति मिलेका छैनन् भने कसैका बाबुको उमेर मिलेको छैन । कसैको रकार र उकार मिलेको छैन । कुनैको कम्प्युटर प्रिन्टर घोटिएर मेटिने समस्या रहेको छ ।

यसरी सुरुमा ख्याल नगर्दा नागरिकतामा हुने गरेको त्रुटीका कारण स्थानीय बासिन्दाले हैरानी बेहोर्नु परेको नागरिक अगुवा राजेन्द्र बिक्रम शाहले बताउनु भयो । नागरिकता बनाउँदा कर्मचारीले राम्रोसँग ख्याल नगर्दा यस्तो समस्या आएको पीडितले बताएका छन् । यस विषयमा जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा यस्ता समस्या नआउने गरी काम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • हप्तौँसम्म मृत मालिकको छेउमा कुरुवा कुकुर

    पुस २२ – हंगेरीमा एउटा कुकुरले निधन भएकी मालिकको छेउमा बसेर हप्तौँ बिताएको छ । बुडापेस्टमा रहेको फ्ल्याटमा जाजा नाम गरेको ९ वर्षको कुकुर निधन भएकी आफ्नी मालिक्नीको छेउमा बसेको अवस्थामा बुधबार भेटिएको हो ।

  • छोराले आमासँगको सम्झौता कमाउने भएपछि बिर्से : अब १० लाख डलर तिर्नु पर्ने

    पुस १९ – ताइवानको उच्च अदालतले एक व्यक्तिलाई आफ्नी आमालाई १० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ । आफूलाई हुर्काएको तथा दन्त चिकित्सक बनाउनका लागि गरेको खर्च बापतको रकम आमालाई बुझाउन अदालतले आदेश दिएको हो ।

  • ठगलाई १३,२७५ वर्ष जेल सजाय

    पुस १५ – थाइल्याण्डमा एकजनालाई जालसाजी तथा ठगीको आरोपमा १३ हजार २ सय ७५ वर्षको जेल सजाय सुनाइएको छ । थाइ अदालले जालसाजीको आरोपमा ३४ वर्षका पुदित किट्टिहराडिल्कोलाई उच्च आर्थिक लाभ दिने भन्दै स्किम चलाएर ठगेको आरोपमा १३ हजार वर्ष भन्दा बढीको जेल सजाय सुनाएको हो ।

  • १०७ वर्षकी हजुरआमाको ‘ह्याण्डसम’ राहुल गान्धीसँगको प्रेमकथा

    पुस ११ – एकतिर १०७ वर्षकी हजुरआमा, जसले समयको लामो बाटो तय गरेकी छन् । अर्कोतर छन्, ४७ वर्षका कांग्रेसका युवा अध्यक्ष राहुल गान्धी । दुईबिचको उमेरको फरक ६० वर्ष ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया