MENU

साहित्य/ कला

अभिनय गर्दा गर्दै अस्ताए कलाकार विष्णुभक्त फुयाँल

काठमाडौं, पुस १९ – कलाकार विष्णुभक्त फुयाँलको निधन भएको छ । राष्ट्रिय नाचघरमा चलिरहेको नाटक ‘महर्षी याज्ञबल्क्य’ मा अभिनय गर्दागर्दै उहाँको निधन भएको हो ।  

मंगलबार नाचघरमै नाटक हेरिरहेका सर्वनाम थिएटरमा निर्देशक अशेष मल्लले कलाकार फुयाँलको निधनबारे लेखेका छन्, ‘आज नाचघरमा बद्रि अधिकारी निर्देशित नाटक हेर्दै थिएँ । अभिनय गर्दा गर्दै फुयाँल जी काम्दै ढल्नुभयो । मलाई त अभिनय होला भन्ने लागेको थियो । तर हैन रहेछ, हतार हतार अस्पताल पुर्याउने काम भयो तर अभिनय गर्दा गर्दै मञ्चमै जीवन सकिएको देख्नु पर्यो । सारा जीवन रंगकर्ममा अर्पण गर्ने महान कलाकारलाई मेरो सलाम ।’    

अहिले उहाँको पार्थीव शरीर वीर अस्पतालमा राखिएको छ । उहाँको अन्तिम विदाइका लागि बुधबार ११ बजेदेखि २ बजेसम्म प्रज्ञा प्रतिष्ठानमा राखिने छ ।  तीताे सत्यमा टेलिश्रृङ्खलामा लामो समय अभिनय गरेका फुयाँल सबै उमेर पुस्ताका दर्शको मनमा बसेका थिए ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

    ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

  • प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

    काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।

  • राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

    काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

  • कुहिराे

    मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।

  • कम्युनिस्ट हुन रक्सी पिउँदा‍...

    प्रतिदिनजस्तै भेट्ने, एउटा न एउटा कार्यक्रममा लैजाने, भाषण गर्न लगाउने, पुस्तक पढ्न दिने, रेस्टुराँमा लगरे ख्वाउने, अनि आत्मीयता प्रदर्शन गरेर वशीभूत पार्ने प्रयास गरिरहनुहुन्थ्यो । तर कतिपय कुरामा मेरो आफ्नै तौरतरिका र अडान रहन्थे । कहिलेकाहीँ तर्क गरेर उहाँका कुरा काट्ने, केही शास्त्रीय विचारका अडान राख्ने गर्दथेँ । पतलुन लाउँदैनथेँ, मदिरा पिउँदैनथेँ

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया