MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

डोटीमा अज्ञात रोगले दर्जनौँ बाख्रा मरे

डोटी, पुस १९ – अज्ञात रोगका कारण डोटीको बाँझककानी गाविसका किसानका बाख्रा धमाधम मर्न थालेका छन् । स्थानीय बासिन्दाका अनुसार अहिलेसम्म बाझककानी गाविस-१ का जंगबहादुर खड्काको मात्रै ३१ बाख्रा मरसिकेका छन् । 

व्यावसायिक रुपमा फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका खड्काको बाख्रा फार्ममा पहिलो पटक मंसिर दोश्रो साताबाट रोग देखा परेको हो । 

खड्काले दुई वर्ष यतादेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ । उहाँले २०७२ मा राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाबाट ७ लाख रुपैयाँ ऋण लिएर बाख्रापालन सुरु गरेका थिए । बाख्रापालनबाट राम्रो आम्दानी हुने देखिएपछि आफूले यो व्यवसाय रोजेको खड्काले बताउनु भयो । उहाँले भन्नु भयो ‘बाख्रा पालनबाट राम्रो आम्दानी देखेर ऋण लिएर फर्म खोले अहिले रोगले मर्नथाले कहाँ बाट ऋण तिरौँ भइसक्यो ।’ 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया