MENU

मनोरञ्जन

Ncell Axiata
USAID

सेलिब्रेटी रनवेमा हिँडेपछि दीपालाई लाग्यो फिल्मको ओइरो

काठमाडौं, पुस २० – दृष्टिबिहीन बालकालिकालाई सहयोग गर्ने हेतुले पुनम इन्टरटेनमेन्ट र गौरी मल्लको सयुंक्त आयोजनामा पुस १४ मा सम्पन्न भएको डी सेलिब्रेटी रन वेमा ४० सेलिब्रेटीले क्याटवाक गरे । 

क्याटवाकमा अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाले पनि सहभागीता जनाएकी थिइन् । सेलिब्रेटी रनवेको त्यो दिनमा सबैको ध्यान दीपाको सुन्दरता र फिट देखिएको फिगरमा गयो । चलनचल्तिका फिट भनिने अभिनेत्रीलाई पनि दीपाले छायाँमा पारिदिइन् ।  

त्यो दिनको दीपाको रुप फिल्म निर्माता र निर्देशकको नजरमा पर्यो । त्यो दिन पछि दीपालाई सिनेमामा मुख्य अभिनेत्रीको भूमिकाका लागि अफरहरु आइरहेका छन् । आफूलाई सिनेमाका  लागि आएको अफरहरुबारे कुरा गर्दै दीपाले भनिन् ‘मलाई सेलिब्रेटी रनवेमा हेरेपछि निर्माता र निर्देशकले सिनेमाको लागि अफर गर्नु भएको छ त्यो पनि मुख्य अभिनेत्रीको रुपमा, म त छक्क परेकी छु । यो कुरालाई लिएर अहिले म दोधारमा छु । अब मैले मुख्य अभिनेत्रीको रुपमा काम गर्छु कि गर्दिन त्यो समयले नै बताउँछ ।’ 

सेलिब्रेटी रनवेमा दीपा सुन्दर देखिनुमा दुई जनाको मुख्य भूमिका छ । ती हुन् डिजाइनर रोजिना श्रेष्ठ र निल डेबिट । दीपाले त्यो दिन लगाएको ड्रेस कायरा बुटिकको थियो । जसलाई डिजाइनर रोजिना श्रेष्ठले डिजाइन गरेकी हुन् । त्यस्तै दीपाको मेकअप र हेयर डिजाइन निल डेबिटले गरेका थिए ।

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया