MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

द्वन्द्व पीडित किसानलाई अनुदान

रोल्पा, पुस २१ – सरकारले व्यवस्था गरेको द्वन्द्व पीडितका लागि तरकारी खेतीमा दिइने अनुदान रोल्पाका द्वन्द्व पीडितले पनि पाउने भएका छन् । जिल्ला कृषि विकास कार्यालय रोल्पाले अनुदानका लागि निवेदन आह्वान गरेको छ ।

निवेदन आह्वान गरेको दुई हप्तामा ६० भन्दा बढी द्वन्द्व पीडितहरुले निवेदन दिएको जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिनुभयो । पुस २३ गतेसम्म अन्तिम म्याद भएकाले त्यतिबेलासम्म कार्यालयमा निवेदन दिन सक्ने छन् ।

जिल्ला कृषि विकास कार्यालयमा मात्रै नभई जिल्लाका विभिन्न ठाउँमा रहेका कृषि सेवा केन्द्रबाट समेत निवेदन दिन सक्ने व्यवस्था छ ।

जिल्लाका २२ जनालाई ४० हजारका दरले अनुदान दिइने कार्यालयले जनाएको छ । आवश्यक संख्या भन्दा धेरै निवेदन परेकाले जिल्ला कृषि विकास समितिले निश्चित मापदण्डमा रहेर अनुदानका लागि २२ जनालाई छनौट गर्ने बताएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया