MENU

अर्थ

Ncell Axiata

​हिजोको तुलनामा बिहीबार रियाल, दिर्हाम, रिंगिटलको मूल्य कमजोर

काठमाडौं, पुस २१ – नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९९ पैसा र विक्रिदर २९ रुपैयाँ १५ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८७ पैसा र विक्रिदर ३० रुपैयाँ ०३ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६० पैसा र विक्रिदर २९ रुपैयाँ ७७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ १८ पैसा र विक्रिदर २४ रुपैयाँ ३१ पैसा तोकेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०५ पैसा र विक्रिदर ९ रुपैयाँ १० पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५५ रुपैयाँ ०४ पैसा छ भने विक्रिदर ३ सय ५७ रुपैयाँ रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८८ रुपैयाँ ३८ पैसा र विक्रिदर २ सय ८९ रुपैयाँ ९७ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया