MENU

मनोरञ्जन

Ncell Axiata
USAID

चलचित्र लभ सासामा सित्तैमा काम गरेकी हुन् त केकीले ?

काठमाडौं, पुस २१ – यहि पुस २८ मा रिलिज हुने चलचित्र लभ सासाको टिम अहिले प्रचार प्रसारमा जुटेको छ । त्यो दिन लभ सासासँगै निखिल उप्रेतीको सिनेमा किङ पनि रिलिज हुँदैछ ।  

एकअर्कालाई पछारेर दर्शकको माया पाउने सोचसहित यी दुई सिनेमाका कलाकार अहिले प्रचार प्रसारमा जुटेका छन् । सिनेमाको प्रमोशन गर्न हामीकहाँ आईपुगेकी अभिनेत्री केकीले हामीसँग सिनेमा लभ सासाको बारेमा कुरा गरिन् । कुरा गर्ने क्रममा केकीले एउटा चाखलाग्दो कुरा पनि सेयर गरिन् जुन थियो पारिश्रमिकको । उनले सिनेमा लभ सासामा काम गरेर पारिश्रमिक नलिएको खुलासा गरिन् । 

केकीले हरेक सिनेमामा काम गरेबापत आफूले मागेजति पारिश्रमिक पाउँछिन् । तर यो सिनेमा रिलिज भएपछि फाईदा भएको खण्डमा प्रतिशतमा पारिश्रमिक लिने कुरा भएकाले केकीले पैला नै पारिश्रमिक नलिएको हामीलाई बताइन् । प्रचण्ड श्रेष्ठको निर्देशन र माधव वाग्लेको निर्माण रहको यस चलचित्रमा नायिका केकी अधिकारी र नायक कर्र्मा शाक्यको मुख्य भूमिका रहेको छ । 

बिहीबार किन रिलिज हुँदैछ सिनेमा ?

सिनेमा बिहीबार किन रिलिज गर्नुभयो भन्ने हाम्रो प्रश्नमा केकीले, ‘बिहीबार सार्वजनिक बिदा परेको छ त्यस कारण लभ सासा पुस २८ मा शुक्रबार होईन बिहीबार आउँदैछ’ भनिन् । बिशेष गरी सिनेमाहरु रिलिज हुने दिन भनेको शुक्रबार हो । तर कहिले काँही अपवादको रुपमा केही सिनेमाहरु बिहीबार रिलिज हुन्छन् ।

शुक्रबार रिलिज हुने यो नियमको बारेमा केकीले भनिन् ‘नेपालमा शुक्रबार बाहेक कमै मात्रमा चलचित्र रिलिज हुने गरेको छ ।  तर बलिउड र हलिउड सिनेमाहरु सार्वजनिक बिदा वा पर्व पारेर जुनसुकै बार पनि रिलिज हुन्छन् । त्यस कारण हाम्रो सिनेमाहरु पनि सार्वजनिक विदाको दिन रिलिज हुन पाउनुपर्छ ।’

उज्यालो र foeseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया