MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

छक्का पञ्जा पाइरेसीको शिकार भएको हो ? किन लेखे दीपकले यस्तो

काठमाडौं, पुस २१ – हाँस्य कलाकार दीपकराज गिरीले लेखेका प्राय स्टाटसहरु समाचार बन्छन् । उनले बिहीबार पनि एउटा स्टाटस फेसबुकमा लेखे जसको अहिले चर्चा छ । 
स्टाटसमा उनले नेपाली सिनेमा हात पारेर तुरुन्तै फन्दामा परेका चार जनाको कुरा गरेका छन् । स्टाटसमा दीपकले नेपाली सिनेमालाई पाउने बित्तिकै सेयर गरेर चार जना पक्राऊ परेको भन्दै अरुलाई यस्तो काम नगर्नसमेत आग्रह गरेका छन् । दीपकको यो लेखाइले धेरैलाई कतै सिनेमा छक्का पञ्जा नै पाइरेसीको शिकार भएको त हैन ? भन्ने सोचमा पुर्‍याइदिएको छ ।   

केही सिनेमाहरु रिलिज हुनुभन्दा अगाडि नै पाइरेसीको शिकार भएका हुन्छन् भने केही  सिनेमाहरु रिलिज भएको केही समयमै । ड्रिम्स, प्रेमगीत, पशुपति प्रसाद, कबड्डी कबड्डी, ६ एकान ६ लगायतका हिट सिनेमाहरु पाइरेसीको शिकार भए । सफल सिनेमा पाइरेसीको शिकार भए भने चर्चा पनि उत्ति नै हुन्छ ।  यी सिनेमाहरु पाइरेसी गर्ने केहीलाई  पक्राउ  पनि गरिएको छ भने केहीको अहिलेसम्म पनि अत्तो पत्तो छैन । 

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

  • ‘आयो दसैँ आयो, चारैतिर खुशीयाली ल्यायो’ (भिडियोसहित)

    काठमाडौं, असोज ४ – गीतकार अम्बिका गुरुङको यसपालीको दसैँ गीत ‘आयो दसैँ आयो, चारै तीर खुशीयाली ल्यायो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार गुरुङ पछिल्लो समय अमेरिकामा रहेर नेपाली गीतसंगीतमा अहोरात्र लागि पर्नु भएको छ ।

  • गायिका मिलन अमात्यले गरिन् डिभोर्स

    काठमाडौं, असोज २ – गायिका मिलन अमात्यले श्रीमानसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेकी छिन् । केही समय अघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिए पनि यो कुरालाई बाहिर ल्याउन चाहेकि थिइनन् ।

  • ​आमिर खानले रिजेक्ट गरेका यी कलाकार बने सुपरस्टार

    असोज १ – उनले आमिर खानको चलचित्र ‘धोबी घाट’ तथा अन्य केही टेलिश्रृङ्खलाका लागि अडिसन दिएका थिए । तर उनलाई लिइएन ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया