MENU

मनोरञ्जन

USAID

यस्तो छ लुट २, सार्वजनिक भयो ट्रेलर

काठमाडौं, पुस २१ – चलचित्र ‘लुट २’ को ट्रेलर सार्वजनिक भएको छ । लुट चलचित्रले नेपाली सिने जगतमा धमाका मच्चाएकाले पनि दर्शकका लागि लुट २ प्रतिक्षाको विषय बनेको छ । 

बिहिबार दिउँसो काठमाडौंमा गरिएको एक कार्यक्रमबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमै प्रयोग भएको ठमेल बजार बोलको गीतले पनि बजार तताइरहेका बेला ट्रेलर सार्वजनिक भएपछि दर्शकहरुले फिल्मबारे अनुमान गर्न पनि सुरु गरेका छन् ।   

सौगात मल्ल, दयाहाङ राई, प्रवीण खतिवडा, सिर्जना सुब्बा, ऋचा शर्मा, विपिन कार्कीलगायतको अभिनय लुट २ मा हेर्न पाइने छ । निर्माता माधव वाग्ले र निश्चल बस्नेत निर्देशक रहेको लुट २ फागुन १३ गते रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया