MENU

विचार/अनुभूति

आर्ट फिल्मका ‘एङग्री योङ म्यान’ ओम पुरी

प्रकाश सायमी –

ओझेल परेका ओम पुरीसँगका स्मृतिहरु ताजा भएको छ । आज बिहान पुरीको निधन भएको खबरले उहाँसँग जोडिएका स्मृति हावाको झोका बनेर ठोक्किन आएका छन् । अनि यतै घुमिरहेका छन् । 

सन् १९८० को दशकमा भारतमा समानान्तर सिनेमाको आन्दोलन चल्यो । यसका प्रमुख पात्रमध्येका एक हुन् अभिनेता–ओम पुरी । भारतमा समानान्तर सिनेमाको आन्दोलनले धेरै आर्ट चलचित्र बन्ने क्रम सुरु भयो । उता समानान्तर चलचित्र बन्ने । त्यसको प्रभाव यता नेपालमा रहेका चलचित्र तथा साहित्यमा रुची राख्ने हामीहरुमा पनि परेको थियो । असीकै दशकमा हामीले ओम पुरीका आक्रोश, अर्ध सत्य, गोधुली सहितका चलचित्र काठमाडौंको ओटु टोलमा रहेको भिडियो लाइबेरीमा हेरेका थियौं । 

अशेष मल्ल, बद्री अधिकारी, सरुभक्त, सपना मल्ल, हरिहर शर्मासहितका हामी धेरैले पुरीका चलचित्र हेरेका थियौं । हरिहर शर्माले त आफूमा ओम पुरीको अभिनयको प्रभाव नै परेको बताउनुभयो । 

अर्ध सत्यका लागि पुरीले कालोभारी फिल्म फेस्टिबलमा सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाउनुभयो । त्यसपछि उहाँलाई विश्वले नै राम्रो अभिनेताको रुपमा चिन्यो । उहाँको कामको प्रशंसा निकै भयो । 

पुरी राम्रो अभिनेता मात्रै होइन, त्यो भन्दा राम्रो मानव पनि हो । उहाँले हामीलाई सुनाएको एउटा घटनाले निकै प्रभाव पारेको थियो । उत्कृष्ट अभिनेताको पुरस्कार लिनका लागि कालाभारी फिल्म फेस्टिबल जाने विमानस्थल जाँदै गर्दा उहाँलाई बाटोमा काईंयो बेच्ने युवकले एउटा काईंयो दिएको र आफूले त्यसलाई पनि ठूलो पुरस्कारको रुपमा लिएको सुनाउनुभयो । 

कलाको सम्मानमा पनि उहाँको स्वभाव निकै खरो थियो । वि.सं. २०४२ मा एक कार्यक्रममा अतिथि भएर पुरी नेपाल आउनुभएको थियो । प्रज्ञा भवनको रंगमञ्चमा भएको कार्यक्रममा उद्घोषण गरिरहेका निर्देशक प्रकाश थापाले उहाँलाई मञ्चमा बोल्न बोलाउनु भयो । त्यही क्रममा थापाले उहाँलाई अभिनय गरेर देखाउन अनुरोध गर्नुभयो ।

तर त्यसको जवाफमा पुरीले भन्नुभयो – ‘जसरी काठमाडौंको बिच सडकमा तपाईं कुनै डाक्टरलाई शल्यक्रिया गर भन्न सक्नु हुन्न, जसरी कुनै कोठा भित्र कुनै पाइलटलाई विमान उडाउन भन्न सक्नु हुन्न, त्यसैगरी अभिनयका लागि पनि ठाउँ चाहिन्छ । यसरी कुनै पनि बेला अभिनय गर भन्नु र गर्नु कलाकै अपमान हो ।’ उहाँको यो भनाईले मलाई निकै प्रभावित बनायो । उहाँ प्रष्ट वक्ता । प्रष्ट रुपमा आफ्नो कुरा भन्नुभयो । 

पछि फिल्म पढ्न बम्बई जाँदा उहाँसँग भेट भयो । थप नजिक हुने मौका मिल्यो । मैले उहाँको नाट्य समूह मजमामा केही वर्ष नेपथ्यको सहयोगी भएर काम गरेँ । उहाँसँग मेरो हिन्दी फिल्मको डबिङको क्रममा भेट भएको थियो । हामी भोकै थियौं । उहाँले चाल पाउनुभएछ । 

भित्रैबाट आफूलाई खाजा मगाए जस्तो गर्नुभयो । तर उहाँले त हाम्रो लागि पो खाजा मगाउनुभएको रहेछ । खाजा खान भन्दै उहाँले ‘मलाई थाहा छ, तिमीहरुले केही खाएका छैनौ, मैले पनि भोगेको छु यस्तो दुःख’ भन्नुभयो । यसपछि हामी झन नजिक भयौं । 

त्यसको केही समयपछि हामी उहाँलाई भेट्न उहाँकै फ्ल्याटमा गएका थियौं । उहाँको घरमा काम गर्ने नेपाली थिए–हरि नाम गरेका स्याङजाका युवा अनि हिमालको तस्बिर । हरिसँग उहाँको सम्बन्ध साथीको जस्तै थियो । चलचित्रमा जस्तै उहाँ वास्तविक जीवनमा पनि सबैलाई आदर गर्ने स्वभावको मानिस हो । 

आर्ट फिल्मका ‘एङग्री योङ म्यान’ को रुपमा परिचित ओम पुरी पछि विस २०५२ सालमा नेपाली हिन्दी चलचित्र साङ्ग्रिलामा अभिनय गर्न नेपाल आउनुभयो । चन्द्रप्रकाश दुवेको निदेर्शनमा बनेको चलचित्रमा म सहायक निदेर्शकको भूमिकामा थिएँ । 

यो बेला अभिनयप्रतिको उहाँको लगावले निकै प्रभावित बनायो । भरियाको भूमिकामा रहनुभएका उहाँ बसेकै होटलबाट मेकअप गरेर आउनुहुन्थ्यो । निर शाह, सरोज खनाल, चन्दा श्रेष्ठ, सुधान्शु जोशीसहितका नेपाली कलाकारको पनि यो चलचित्रमा अभिनय गरेका छन् । 
सुटिङकै क्रममा एकदिन उहाँसँग अभिनय गर्ने नेपाली कलाकार आइनन् ।

उहाँले किन नआएको भनेर सोध्नुभयो । उहाँको अर्को पनि काम छ भन्यौं । उहाँले यहाँ कलाकारिता गरेर मात्रै जीवन चलाउन पुग्दैन र ? भन्नुभयो । उहाँले त्यो प्रश्न गरेको २१ वर्षपछि पनि हामी उही अवस्थामा छौं । बिहानै उहाँको निधनको खबरले त्यो प्रश्न पनि ताजा बनाएको छ । 

(साहित्यकार प्रकाश सायमीसँगको कुराकानीमा आधारित ।)

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

  • ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

    सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया