MENU

मनोरञ्जन

Ncell Axiata
USAID

​लुट २ को ट्रेलरले तोड्यो छक्का पञ्जाको रेकर्ड, यु ट्युब ट्रेण्डिङको एक नम्बरमा

काठमाडौं, पुस २२ – निश्चल बस्नेतको निर्देशन र माधव वाग्ले र नरेन्द्र महर्जनको निर्माण रहेको सिनेमा लुट २ को ट्रेलरले नेपाली सिनेमाको रेकर्ड ब्रेक गरेको छ । यस अघि युट्युबमा छोटो समयमा सबै भन्दा धेरै पटक छक्का पञ्जाको ट्रेलर हेरिएको थियो । छक्का पञ्जाको ट्रेलरलाई २४ घण्टामा एक लाख  ३० हजार पटक यु ट्युबमा हेरिएको थियो भने   २४ घण्टा नपुग्दै लुट २ को ट्रेलर  युट्युबमा दुई लाख ३२ हजार भन्दा धेरै पटक हेरिएको छ । यतिबेला  लुट २ को  ट्रेलर युट्युब ट्रेण्डिङको नम्बर वानमा परेको छ । 

यस अघिको सिक्वेल लुट चलचित्रले नेपाली सिने जगतमा एउटा सानो तिनो क्रान्ति नै  गरेकाले दर्शकका लागि लुट २ प्रतिक्षाको विषय बनेको छ । यहि कारण ट्रेलर रिलिज हुने बित्तिकै दर्शकहरु ट्रेलरमा झुम्मिएका छन् । सौगात मल्ल, दयाहाङ राई, प्रवीण खतिवडा, सिर्जना सुब्बा, ऋचा शर्मा, विपिन कार्की लगायतको अभिनय लुट २ मा हेर्न पाइने छ ।  लुट २ फागुन १३ गते रिलिज हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया