MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

अमेरिका : फ्लोरिडा विमास्थलमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु

पुस २३ – अमेरिकाको फ्लोरिडाको विमानस्थलमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको ज्यान गएको छ । फ्लोरिडाको फोर्ट लाउडरडेल विमानस्थलको टर्मिनल टूमा बन्दुकधारी व्यक्तिले अन्धाधुन्ध गोल चलाएको सरकारी अधिकारीले बताएका छन् । घटनामा अन्य ८ जना घाइते भएका छन् ।एक व्यक्तिलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । स्टेबान सान्टियागो नाम गरेका व्यक्तिले आक्रमण गरेको सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । सान्टियागोले आफ्नो झोलामा बन्दुक ल्याएको उल्लेख गरिएको छ । आक्रमण किन गरिएको हो भन्ने अहिले खुली नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सान्टियागोसँग सैनिक परिचयपत्र रहेको सिएनएनले जनाएको छ । उनी सन् २००७ मा राष्ट्रिय सुरक्षा गार्डमा भर्ति भएको र २०१० मा १० महिनाका लागि इराक गएको उल्लेख गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया