MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

अमेरिकी राष्ट्रपतीय चुनावमा रुसी ह्याकिङ : ट्रम्पलाई सहयोग गर्न पुटिनको प्रत्यक्ष निर्देशन

पुस २३ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउने गरी सहयोग गर्न निर्देशन दिएको प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी गुप्तचर विभागले अमेरिकी राष्ट्रपतीय चुनावमा पुटिनको निर्देशनमा दखल दिने काम भएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा पुटिनले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई नोक्सानी हुने र ट्रम्पले जित्ने गरी अभियाना चलाउन निर्देशन दिएको उल्लेख गरिएको छ । पुटिनको निर्देशनमा भएको अभियान अन्तर्गत डेमोक्र्याटिक पार्टी तथा हिलारी क्लिन्टनको इमेल ह्याक गरिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै रुसी अभियान अन्तर्गत क्लिन्टनको चुनावी अभियान व्यवस्थापन प्रमुख जोन पोडेस्टासहित क्लिन्टनका नजिकका सहयोगीको पनि इमेल ह्याक भएको थियो ।

रुसले लामो प्रयासपछि अमेरिकी स्वतन्त्र प्रजातान्त्रिक व्यवस्थालाई कमाजोर पार्न प्रयास गरेको गुप्तचर विभागको प्रतिवेदनमा उल्लेख छ । अमेरिकी गुप्तचर विभागले पहिलो पटक राष्ट्रपतीय चुनावमा रुसले गरेको ह्याकिङ तथा त्यसको उद्देश्यसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

रिपोर्टमा भनिएको छ ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपतीय चुनावलाई प्रभावित पार्ने गरि अभियान चलाउन निर्देशन दिएको प्रष्ट भएको छ । अमेरिकी नागरिकबाट प्रजातान्त्रिक प्रक्रियामाथिको विश्वास उठाउनु, हिलारी क्लिन्टनलाई बदनाम गर्नु र उहाँको चुनावी अभियानालाई प्रभाव पारी राष्ट्रपतिनामा निर्वाचित हुन नदिनु रुसको उद्देश्य रहेको पाइयो । यस्तै रुसी सरकारले राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई सयोग गर्न चाहेको पनि प्रष्ट भएको छ ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया