MENU

समाज

USAID

२ सय ६० बिगाहा जमिन बगाएपछि सरकारको आँखा खुल्यो

नारायण अधिकारी/उज्यालो ।

काठमाडौं, पुस २२ – उदयपुरको कटारी र सिन्धुलीको दुधौली नगरपालिका हुँदै बग्ने तावा र ककरु खोलाका कारण दुधौली नगरपालिकाका सयौं बासिन्दा सुकुम्बासी भइसकेका छन् । सिन्धुलीको पूर्वी सीमाना सिमराही गाउँदेखि डम्बरखाडी हुँदै सुगारेसम्मका खेतीयोग्य उर्बर भूमि खोलाले बगाउँदा यस क्षेत्रका एक सय घरपरिवार सुकुम्बासी बन्न पुगेका हुन् । 

सिमराहीदेखि सुगारेसम्म तावा खोलाले अहिलेसम्म २ सय ६० बिगाहा खेत बगाइसेको छ ।  २०३८ सालमा आएको बाढीले खेत काट्न थालेको तीन दशक नाघिसक्दा पनि नदी नियन्त्रण नभएपछि २ सय ६० बिगाहा खेत खोलाले काटेको स्थानीय बताउँछन् । 

‘सुनौला बाला झुल्ने खेत, सेताम्य हिउँ जस्तै बगर बन्यो, प्रकृतिसँग हाम्रो केही लागेन’ स्थानीय कमल सुवेदीले उज्यालो अनलाइनसँग भन्नुभयो । यसरी बर्खायाममा आउने बाढीले खेतीयोग्य जमिन कटान गरेर बगर बनाए पनि सम्बन्धित पक्षले नहेरेको भन्दै स्थानीयले धेरै पटक जिल्ला धाए । नदी नियन्त्रण गर्न भन्दै केही बजेट आउने गरेपनि त्यो बालुवामा पानी जस्तै भयो । ‘बर्खायाममा केही बजेट आउँथ्यो त्यसको काम सक्न पाउँदा नपाउँदै खोलाले सबै जाली, बाँध बगाएर लान्थ्यो’ तावा खोला नदी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान अधिकारीले भन्नुभयो ।

यसरी धान बालीसहितको सयौं बिगाहा खेत खोलाले बगाए पनि स्थानीयसँग टुलुटुलु हेर्नुको विकल्प थिएन । ‘धेरै राजनीतिक परिवर्तनहरु भए, समयले धेरै नेटो काट्यो, धेरै भोटाहरु फटायो तर सिन्धुलीको त्यो दूरदराजले कहिल्यै भोटा फटाउन सकेन । दुर्भाग्य फेरि पनि बर्षा सुरु हुन लाग्यो, तावा र ककरुले अन्याय गर्ने बेला सुरु हुन लागेछ, ती उर्बर भूमिमा यसरी उनीहरुलाई हरेक वर्ष आउने बर्खायामको बाढीले सताउने गर्छ ।

नदी नियन्त्रणका लागि वर्षेनी किला स्याउला गर्थे स्थानीय । तर क्रुर बन्दै नदीले किला स्याउला मात्र हैन बालीसहितको खेत बगाएर लान्थ्यो । खेत बगाएपछि धेरै जनाले मजदुरी गरेर जीविकोपार्जन गर्न थाले । धेरैले मरेको बाख्रालाई उपियाँले छाडेजस्तो चट्क्क यो ठाउँ छोडेर गए । तर एक वर्षअघि लगाएको बाँधले बिस्तारै सबैलाई फकाउँदै छ । 

जिल्ला सीमानाको झगडाले ठडियो बाँध

तावा खोलाले पारितर्फ उदयपुरको कटारीमा पनि दुई सय बिहागा भन्दा बढी खेत बगाएको थियो । आठ वर्ष अघि जेटिजेट संस्थाको सहयोगमा तीन किलो मिटर लामो विशाल बाँध बाँधिएपछि बगरमा परिणत भएको कटारीको खेत अहिले पहिलेकै अवस्थामा आइसकेको छ । 

जेटिजेटले बाधिदिएको बाँध भन्दा पाँच सय मिटर अगाडि सिन्धुलीतर्फ गएको वर्ष कटारीका स्थानीयले बाँध लगाउन थालेपछि सिन्धुली र उदयपुर जिल्लाको सीमान विवाद सुरु भयो । तत्कालीन सिन्धुलीका जिल्ला अमिन सरोज श्रेष्ठ र उदयपुरका जिल्ला अमिन यमराज बस्नेतले संयुक्त रुपमा दुबै जिल्लाको नक्सा छुट्याएका थिए । 

नक्सा छुट्याएपछि जेटिजेटले नै बाँधको बाँधसम्म मात्रै उदयपुरको सीमान रहेको पुष्टि भएपछि कटारीका स्थानीय बासिन्दाले लगाएको बाँध भत्काउन निर्देशन दिइयो । तर कटारीका बासिन्दाले बाँध नभत्काएपछि सिन्धुलीका किसान आफ्नो खेत जोगाउन बाँध अनिवार्य लगाउनु पर्नेभयो ।

गाउँले सबै जना मिलेर प्रति कट्ठा तीन सय रुपैयाँका दरले पैसा उठाएर बाँध ६ सय मिटर बाँध लगाएको तावा खोला नदी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान अधिकारीले बताउनुभयो । यसरी किसानले १० लाख रुपैयाँ संकलन गरेर र श्रमदान गरेर लगाएको बाँधले गत बर्खामा एक चपरी पनि खेत काटेन । किसानको यो कामलाई दुधौली नगरपालिकाले सहयोग गर्दै २२ लाख रुपैयाँ दिएको थियो । 

सरकारले बाँध लगाइदेला र हाम्रो खेत जोगाउला भन्दा भन्दै खेत सकिन लागेपछि आफै अग्रसर भएर बाँध बनाएका किसान अहिले भने हौसिएका छन् । ‘सरकारले केही गरेन  । हामीले गएको वर्ष आफै बाँध बाध्यौं, बाँधले खेत जोगायो, हामीलाई वास्ता नगरेको सरकाले अहिले हामीसँग हार खायो किसान कुम्भ घिमिरेले भन्नुभयो ‘सरकारले अहिले हाम्रो काम हेरेर प्रशंसा गर्दै बाँध बाध्न थप पैसा निकास गरेको छ, यसले यस क्षेत्रका तीन सय भन्दा बढी किसान खुशी छन् ।’ 

झुक्यो सरकार, गर्न थाल्यो सहयोग

गएको वर्ष किसान आफैले पैसा उठाएर आफ्नो खेत जोगाउन थालेपछि यो कामको सबैतिरबाट प्रशंसा भयो । जिल्लामा पनि तावा नदी नियन्त्रणमा दुधौली नगरपालिकामा भएको कामको प्रशंसा भएपछि जिल्लाबाट इन्जिनियरसहितको एक टोली बाँध हेर्न दुधौली पुगेको थियो । अन्तत २ सय ६० बिगाहा जमिनलाई बगरमा परिणत गरेपछि सरकारको पनि आँखा खुलेको छ ।  गएको वर्ष स्थानीय बासिन्दाले आफ्नै मेहनतमा राम्रो काम गरेको भन्दै जल उत्पन्न प्रकोप डिभिजन कार्यालय जनकपुरले अहिले २४ लाख रुपैयाँ, भूसंरक्षण कार्यालय सिन्धुलीले १ सय ३२ थान जाली र संसदीय विकास क्षेत्र कोषले १० लाख रुपैयाँ दिएको छ । 

यसरी आएको ३४ लाख रुपैयाँले थप ८ सय मिटर लामो बाँध लगाउने काम अहिले धमाधम भइरहेको अधिकारीले बताउनुभयो । सरकारका विभिन्न निकायले बेलैमा बजेट दिएकाले हिउँदमै योजना सम्मन्न गर्ने लक्ष्य रहेको तावा खोला नदी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान अधिकारीले बताउनुभयो । 

८ सय मिटर बाँध लगाइसकेपछि एक सय बिगाहा खेत जोगिने स्थानीय बासिन्दा बताउँछन् । अहिले लगाउँदै गरेको बाँध तीन हजार मिटरसम्म लगाउन सके सबै दुई सय ६० विगाहा खेत जोगिन बताउँदै किसानले बाँधमा सरकारले अरु सहयोग गर्नु पर्ने बताएका छन् । 

यसरी धमाधम नदी नियत्रणको काम भएपछि सुकुम्बासी भएका किसान तथा गाउँ छोडेर मजदुरी गर्न गएकाहरु फर्कन थालेको समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया