MENU

मनोरञ्जन

USAID

टुँडिखेलमा आज नेपथ्यको कन्सर्ट

काठमाडौं, पुस २३ – लोकरक सांगीतिक समूह नेपथ्यले शनिबार अंग्रेजी नयाँ वर्षको स्वागतमा विशेष सांगीतिक कार्यक्रम गर्दैछ । नेपथ्यले यो कार्यक्रममा आफ्नो नयाँ कृति पनि प्रस्तुत गर्नेछ ।

लामो समयदेखि फरक फरक पुस्ताका युवा ढुकढुकीलाई जोड्दै आएको नेपथ्य कन्सर्टले यसपाला नेपाल संगीत नाट्य एकेडेमीका कुलपति सरुभक्तको विद्यार्थीकालीन भावनालाई अहिलेका तन्नेरीहरुमाझ घन्काउँदैछ ।

‘कुरुप अनुहार हो, यहाँ कोही साथी छैन

बेरुप अनुहार हो, यहाँ कोही साथी छैन’

सरुभक्तका अनुसार स्नातकोत्तरको अध्ययन गर्न २०३९ सालमा कीर्तिपुर आउँदाताका यो गीत तयार भएको थियो । ‘गीत त मैले पोखरा छाड्नै लाग्दा लेखेको थिएँ,’ उहाँ भन्नुहुन्छ भन्छन्, ‘काठमाडौं आएपछि चाहि यसले संगीत पनि पाएको थियो ।’

शनिबार ‘पल्सर डेयर भेन्चर ग्राण्ड फिनाले’ को अवसरमा आयोजित कन्सर्टमा नेपथ्यले पहिलोपटक टुँडिखेलमा यो गीत गाउँदैछ । कन्सर्ट बेलुका ६ बजेदेखि सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया