MENU

अन्तर्राष्ट्रिय

USAID

बालबालिकालाई एक वर्ष नपुग्दै बदाम खुवाउन सुरु गरे एलर्जी कम : अध्ययन

काठमाडौं, पुस २३ – बालबालिकालाई एक वर्ष पुग्नु भन्दा पहिलेदेखि नै बदाम खुवाउने गरेमा एलर्जीको सम्भावना कम गर्न सकिने डाक्टरले बताएका छन् ।

अमेरिकाको नेशनल इन्स्टिच्युड अफ हेल्थले गरेको अध्ययनमा एक वर्ष पुग्नुभन्दा पहिलेदेखि नै बदाम मिसिएको खानेकुरा खुवाएमा बालबालिकामा गम्भीर खालको एलर्जी हुने सम्भावना कम देखिएको हो ।

यो अध्ययनका आधारमा बालबालिकालाई चारदेखि ६ महिनादेखि नै बदाम मिसिएको खानेकुरा खुवाउनुपर्ने डाक्टरको सुझाव छ । यसले गर्दा बालबालिकामा खानेकुराका कारण हुने एलर्जीको सम्भावना घट्ने अनुसन्धानमा संलग्न डाक्टरले बताएका छन् । एक वर्ष भन्दा कम उमेरमै बदाम मिसिएको पोषण खाएका बालबालिकामा बदाम नखाएका बालबालिकामा भन्दा एलर्जीको संक्रमण कम देखिएको अनुसन्धानमा संलग्न अमेरिकन कलेज अफ एलर्जीका डा. म्याथ्यु ग्रिनहाव्टले बताउनुभयो । 

बालबालिकालाई बदाम मात्र भने खान दिँदा श्वासप्रश्वासमा समस्या आउन सक्छ । यसले गर्दा बदाम मिसिएको खानेकुरा मात्रै खुवाउनु पर्छ ।

बालबालिकामा पछिल्लो समय फुड एलर्जीसहितका विभिन्न समस्या उच्च दरमा बढेको छ । नयाँ अध्ययनले यसको रोकथामका लागि सहयोग गर्ने देखिएको अनुसन्धानकर्ताले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • इराकः प्रहरी चेकपोष्टमा आत्मघाती आक्रमण, १५ जनाको मृत्यु

    चैत १७ – इराकको राजधानी बग्दानमा भएको आत्मघाती आक्रमणमा परि कम्तिमा १५ जनाको ज्यान गएको छ । बग्दादमा रहेको प्रहरी चेकपोष्टमा आत्मघाती कार बम आक्रमण भएको बिबिसीले जनाएको छ । घटनामा ४० जना भन्दा धेरै घाइते भएका छन् ।

  • ट्रम्पद्वारा जलवायु परिवर्तन सम्बन्धी ओबामाको नीति रद्द

    चैत १६ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाको जलवायु परिवर्तन सम्बन्धी नीति रद्द गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले ओबामा प्रशासनले जलवायु परिवर्तन रोक्ने सम्बन्धमा जारी गरेको नीतिहरु रद्द गर्ने सम्बन्धी कार्यकारी ओदशमा हस्ताक्षर गर्नुभएको हो ।

  • ४२ करोडको एउटा सिक्का, संग्रहालयबाट भयो चोरी

    चैत १५ – जर्मनीको एक संग्रहालयबाट सुनको सिक्का चोरी भएको छ, जसको मूल्य झण्डै ४० लाख अमेरिकी डलर अर्थात ४२ करोड नेपाली रुपैयाँ रहेको छ । सिक्काको अंकित मूल्य भने दश लाख डलर छ ।

  • आणविक हतियार सुरक्षाका लागि आवश्यक–अमेरिका

    चैत १५ – संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका स्थायी सदस्य सहित झण्डै ४० देशले विश्वव्यापी रुपमा आणविक हतियारमा प्रतिबन्ध लगाउने विषयमाथिको बहस बहिष्कार गरेका छन् ।

  • रुसका मूख्य विपक्षी नेता पक्राउ

    चैत १४ – रुसका मूख्य विपक्षी नेता एलेक्से नाभाल्नी पक्राउ परेका छन् । भ्रष्टाचार विरुद्ध भइरहेको प्रदर्शनको क्रममा प्रहरीले विपक्षी नेता नाभाल्नी पक्राउ गरेको हो ।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया