MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

एक करोडको लगानीमा गाउँमै बाख्रापालन व्यवसाय

श्यामशितल परियार/उज्यालो ।    

लमजुङ, पुस २३ – लमजुङको मध्यनेपाल नगरपालिका–२ देउरालीमा तीन युवाले बाख्रापालन व्यवसाय सुरु गरेका छन् । संयुक्त लगानीमा उनीहरुले चिनारी कृषि फर्म सञ्चालनमा ल्याएका छन् । देउरालीकै रमेश पौडेल, काठमाडौंमा रहेका भरत पोख्रेल र बैंकिङ क्षेत्रमा कार्यरत तनहुँ कालीमाटीका रामबहादुर पाण्डे आपसमा मिलेर देउरालीमा बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।     

उनीहरुको फार्ममा अहिले साना ठूला गरी एक सय ३० भन्दा बढी बाख्रा छन् । फार्ममा लोकल खरी, जमुनापारी, बारबारी जातका बाख्रा छन् । २० रोपनी जग्गामा बकाइनो, किम्बु र मण्डेला जातका घाँस लगाइएको छ । १५ लाख बढीको लगानीमा आधुनिक बाख्राको खोर निर्माण गरिएको छ । फर्ममा पाँच जनाले रोजगारी पाएका छन् । कामदारका लागि दुई वटा आवास घर पनि बनाइएको छ । २०७१ सालबाट सुरु गरिएको उनीहरुको बाख्रा फार्म सञ्चालनमा एक करोड रुपैयाँ भन्दा बढी लगानी भइसकेको सञ्चालक मध्येका एक पौडेलले बताउनुभयो ।

‘बाख्रापालन व्यवसाय सञ्चालनमा एक करोड भन्दा बढी लगानी भइसकेको छ, उत्पादन हुन थालेपछि कम्तिमा पनि मासिक तीन लाख आम्दानी हुने अनुमान छ’, उहाँले भन्नुभयो । धमाधम गाउँ छोडेर शहर पस्नेको संख्या बढिरहेको बेला उहाँ भने पाखापखेरीमै पैसा फलाउन सकिने सम्भावना देखेर गाउँमै बस्नुभएको छ । ‘गाउँमै केही गरुँ भनेर यहीँ बसी बाख्रापालन व्यवसाय शुरु गरेका हौँ’, १७ महिना कतार बसेर आएका पौडेलले सुनाउनुभयो । 

उहाँको प्रायः समय बाख्राको हेरचाहमै बित्ने गर्छ । अरु दुई जना लगानीकर्ता पनि बेलाबेलामा फर्म आउँछन् र बाख्राको स्याहारसुसारमा जुट्छन् । कृषिमा तत्कालै नाफा नहुने उनीहरुको भनाई छ । सिञ्चाईंको समस्या नरहेको बताउँदै रमेशले बाख्रापालनसँगै अब व्यवसायिक माछापालन र तरकारी खेती गर्ने योजना रहेको सुनाउनुभयो । 

समयमा प्राविधिक सेवा नपाइनु नै बाख्रापालक किसानको साझा समस्या रहेको उनीहरुको बुझाई छ । उत्पादित मासुको बिक्रीका लागि बजारको कुनै समस्या नरहेको पनि पौडेलले बताउनुभयो । बाख्रा पालन व्यवसायमा जिल्ला पशु सेवा कार्यालयले सक्दो सहयोग गर्ने जिल्ला पशु सेवा कार्यालय लमजुङका प्रमुख डा. लक्ष्मण ढकालले आश्वसन दिनुभएको छ । डा. ढकालले लमजुङमा बाख्रापालन व्यवसायको सम्भावना उच्च रहेको र यस व्यवसायमा पछिल्लो समय किसान आकर्षित हुँदै गएको बताउनुभयो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • शिवरात्रीमा पानी नपर्ने

    काठमाडौं, फागुन १२ – अबको केही दिन पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । धेरैले शिवरात्रीको बेला पानी पर्छ भन्ने गर्छन् । तर मौसमविद वरुण पौडेलका अनुसार शुक्रबार र शनिबारसम्म पनि पानी पर्ने सम्भावना छैन ।

  • वर्षात र हिमपातले हुम्लामा जनजीवन कष्टकर

    आइतबार रातिदेखि हुम्लाको उच्च भागमा हिमपात र बेंसीमा वर्षासहित हावाहुरी चल्दा जनजीवन कष्टकर बनेको छ । सदरमुकाम सिमकोट लगायतका उत्तरी क्षेत्रहरुमा हिमपातसहित हावाहुरी चल्दा चिसो बढेको हो । चिसोका कारण सदरमुकाम सिमकोटमा रहेका सरकारी कार्यलयहरुमा सेवाग्राही कमै आएका छन् ।

  • ​आज पहाडी क्षेत्रमा पानी पर्न सक्ने

    काठमाडौं, फागुन १० – मंगलबार पनि पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले विशेषगरी पश्चिमी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान गरिएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।

  • फागुन २८ मा वाग्मती सफाइको विशेष कार्यक्रम हुँदै

    काठमाडौं, फागुन ७ - शनिबार उपत्यकाका प्रमुख नदी सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

  • अतिक्रमित वन खाली गराइयो

    भीमदत्तनगर, फागुन ७ - कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित नवदुर्गा सामुदायिक वनको अतिक्रमित २५ हेक्रट जग्गा शनिबार खाली गराइएको छ ।

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया