MENU

अन्तर्राष्ट्रिय

USAID

बाथरुमबाट निस्केर पाँच जनाको ज्यान लिए

पुस २३ – अमेरिकाको फ्लोरिडाको विमानस्थलमा अन्धाधुन्ध गोली चलाउने व्यक्तिसँग फ्लोरिडा प्रहरीले सोधपुछ गरिरहेको छ । फ्लोरिडाको फोर्ट लाउडरडेल विमानस्थलको टर्मिनल टूमा अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको ज्यान गएको थियो भने ८ जना घाइते भएका छन् । २६ वर्षका स्टेबान सान्टियागो नाम गरेका व्यक्तिले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनी सन् २००७ मा राष्ट्रिय सुरक्षा गार्डमा भर्ति भएको र २०१० मा १० महिनाका लागि इराक गएको उल्लेख गरिएको छ ।

आक्रमणको उद्देश्य आतंककारी भने नरहेको सरकारी अधिकारीले बताएका छन् । सान्टियागो मानसिक रुपमा विचलित रहेको हुन सक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनले सरकारले आफ्नो दिमागमा नियन्त्रण कायम गरेको र आफूलाई आतंककारी भिडियो हेर्न बाध्य बनाएको बताएको उल्लेख गरिएको छ ।

सान्टियागोले स्टार वार्सको टि–सर्ट लगाएको र गोली चलाउने बेला उनी केही नबोलेको प्रत्यक्षदर्शीले बताएका छन् । गोली सकिएपछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेको प्रत्यक्षदर्शीको भनाई छ । अमेरिकामा खाली तथा लोड भएको बन्दुक लिएर विमान चढ्नु गैरकानुनी होइन । 

सान्टियागोले आफ्नो झोलामा रहेको सेमी–अटोमेटिक बन्दुक बाथरुममा गएर लोड गरेर त्यहाँबाट फर्किएपछि अन्धाधुन्ध गोली चलाएका हुन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया