MENU

साहित्य/ कला

Ncell Axiata
USAID

कविता-जीवन दर्शन

जीवन दर्शन

                                                                                      -महेश्वर चापागाईं

 

मलाई जानुछैन रामको झैँ 
चौध वर्षको वनबास
तर प्रमाणित गर्नुछ
सत्यको बाटो अटल हुन्छ ।

मलाई रच्नु छैन बेदव्यासले झैँ 
महाभारतको लामो कथा
तर भन्नु छ
कर्मको गीत मिठो हुन्छ ।

मलाई ल्याउनुछैन गंगालाई पृथ्वीमा
शंकरको जटाबाट तपको बलले
तर उदाहरण  देखाउनु छ
भागीरथ प्रयास खेर जान्न ।

मैल गर्न सक्दिन होला 
रबिन्सन क्रुसोको जस्तो
अनवरत जंगल र खोजको यात्रा
तर सुनाउन त सक्छु
धैर्य, साहस र सृजनशीलताको कथा ।

किताबमा पढे जस्तो, अभिभावकले सोचे जस्तो
संसार महान मानिसहरुले मात्रै बनेको छैन ।
संसार वीर र साहसीहरुले मात्र भरिएको छैन ।।

कति मान्छेहरू अझैपनि लिलिपुट झैँ
साना छन, होचा छन्
अष्टाबक्र झैँ बाङगिएका छन्
नित्से झैँ अनिश्वरवादी छन्
डेरिडा झैँ विनिर्माणवादी छन्
अझै कति धेरै त
गिन्सबर्ग झैँ सन्कि छन्, पागल छन्
देवकोटा झैँ भावुक छन्, बहकिन्छन् ।

संसारमा जन्मेका जति सबैले
कोलम्बसले झैँ 
भिन्दै टापु खोज्दै हिँडे भने
अलेक्जेण्डर महानले झैँ
संसारलाई जित्दै हिँडे भने
यो संसार संसार रहने छैन ।

धेरै पढेपछि, धेरै घुमेपछि, मैले के बुझे भने
मैले साहसीहरुको बखान गर्नुपर्दैन
साहसीहरुले  आफ्नो भाग्य आफै बदल्न सक्छन्
मैले ज्ञानीहरूको वर्णन गर्नुपर्दैन
ज्ञानीहरूले  आफ्नो कथा आफै लेख्न सक्छन् ।

मलाई के लाग्छ भने विशेषण बिना पनि संसार छ
महानता ,साहस र विध्दवता नहुनेहरुको पनि कथा छ
पृथ्वीको तीन भाग पानीले घेरेको झैँ
धर्तिको पच्चानब्बे प्रतिशत आममानिसहरूले भरिएको छ
जस्ले आफ्नो कथा आफै लेख्न सक्दैनन् ।

संसारमा अझै पनि वेद र ईतिहास नपढ्नेहरु छन्
विज्ञान र विद्वताहरु नबुझ्नेहरु छन् 
संसारको धेरै हिस्सा साधारण मानिसहरुले बनेको छ
जस्लाई ब्रम्हाण्डका रहस्य ,चमत्कारहरु
बिज्ञान र आबिष्कारहरुको सम्पूर्ण ज्ञान छैन ।

त्यहि कारणले हो मैले महानताको मात्र कुरा नलेखेको
त्यहि कारणले हो मैले दर्शनको गर्हुंगो भारी नबोकेको
जताततै विशेषण र बिम्बहरुको पगरी नगुथेको ।

के  आममानिसहरुको पछाडी नभएको भए 
महान मानिसहरुको अस्तित्व अहिलेसम्म रहन्थ्यो
के श्रमजीविहरुले  पसिना  नबगाएको भए 
दर्शनहरुको अस्तित्व अहिलेसम्म रहन्थ्यो
त्यहि भएर हो
मेरो अनन्त प्रयासहरु आम मानिसहरु प्रति लक्षित छ ।
मेरो बाँकी जीवन आम मानिसहरुको लागि समर्पित छ ।।

मेरो  जीवनको सफलता भन्नु नै 
आममानिसहरुले  सजिलै बुझ्ने गरी 
हरेक कुराको पुन परिभाषा गर्नु हो
मेरो जीवनको दर्शन भन्नु नै  
आममानिसहरुको जीवनलाई छुनसक्ने गरी
हरेक जटिल कुराहरुलाई सरलिकरण गर्नु हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाईंदै

    काठमाडौं, वैशाख १० – विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस आइतबार, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदै छ ।

  • मेरी शंकरकी पारिजात

    मेरो सुर्योदय, तिम्रो आवाजसंगै हुन्छ र अस्त तिम्रो यादले

  • व्यंग्य कविता : आजको अन्दोलन

    गोली ताकेर हानिन्छ , मारिन्छ किन गौतम ? बुद्धको भूमि हो मेरो शान्तिको मन्त्र–उद्गम । जनताको सुरक्षा खै ? सुरक्षा देशको कता भुँडी सुधारमा नेता लाग्ने भए जतातता ।

  • मदनपुरस्कार विजेता ‘खलंगामा हमला’ अब अंग्रेजीमा

    काठमाडौं, वैशाख ७ – मदनपुरस्कार विजेता पुस्कत ‘खलंगामा हमला’ अंग्रेजी संस्करणमा आएको छ । नेपाली पाठक माझ लोकप्रिय रहेका कृतिलाई वृहत अंग्रेजी घेरामा लैजानका लागि नेपालयले ‘खलंगामा हमला’ को अंग्रेजी संस्करण ‘जुम्ला-एउटा नर्सको कथा’ रुपमा तयार पारेको छ ।

  • हो मलाई नयाँ वर्षले सताउँछ

    मेरो घरबाट घाम अस्ताउने दिशातिर नयाँ क्यालेण्डर बोकेर आउँछ एउटा मेला, सुनबर्षी । सुनबर्षी नयाँ सालमा शुभकामना भरिएको उत्सव बोकेर आउँथ्यो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया