MENU

अर्थ

Ncell Axiata
USAID

​३३ किलो सुनका धनी को होलान् ?

काठमाडौं, पुस २३ – अवैध रुपमा नेपाल भित्रिने सुन र भरिया धमाधम पक्राउ परे पनि सुन तस्करका मालिक भने पक्राउ पर्न सकेका छैनन् । प्रहरीले सुन बोक्ने भरियालाई गोप्य सूचनाका आधारमा पक्राउ गर्न सफल भए पनि अहिलेसम्म वरामद भएको सुनका मालिक भने पक्राउ गर्न सकेको छैन । 

प्रहरीको केन्द्रिय अनुस्न्धान व्यूरो सिआइबीले गएको बिहीबार ३३ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको थियो । तीन दिनसम्म अनुसन्धान गर्दा पनि त्यो सुन कसको थियो भनेर कुनै जानकारी पाउन नसकेको प्रहरी स्वयमले नै स्वीकार गरिसेकेको छ । 

दुबईबाट एयर अरेवियाको जहाजमार्फत नेपाल भित्र्याइएको ३३ किलो सुनसहित व्यूरोले  नेपालगञ्जका गोपालबहादुर शाही, मोरङका दिलबन्धु थापा र जनकपुरका सन्तोष काफ्लेलाई पक्राउ थियो । उनीहरुले कसको सुन ल्याएको थिए भन्ने बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकालाई संगठित अपराध अन्तर्गत म्याद थप गरेर अनुसन्धान गरे पनि सुनका मालिक पत्ता लगाउन गाह्रो रहेका अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । उनका अनुसार सुन तस्कर गिरोहमा ठूलै मान्छेको संलग्नता हुने र एकले अर्कालाई नचिन्ने भएका कारण मालिक पत्ता लगाउन समस्या हुने गरेको छ । 

भरिया पनि ठाउँ अनुसार फरक फरक हुने भएकाले उनीहरुले त्यस ठाउँसम्म मात्रै पुग्न लोकेशन दिने भएकाले सुन तस्करको नजिक प्रहरी पुग्न नसकेको अधिकारी बताउँछन् । 

पक्राउ पर्ने आफैं मालिक पनि हुन सक्छन्

अर्कोतर्फ सुन तस्करले कतिपय अअवस्थामा आफू भरिया मात्र भएको बताउने गरे पनि पक्राउ परेका भरिया आफै मालिक हुन सक्ने सम्भावना पनि त्यतिनै हुन्छ । यसरी प्रहरी अनुसन्धानलाई नै जिल खुवाउँदै पक्राउ परेकाबाट मालिकसम्म प्रहरी पुग्न सकेको छैन । चोरी, हत्यालगायतका घटनामा संलग्न एउटालाई पक्राउ गरेपछि अन्य मान्छे पक्राउ गर्न सकिए पनि सुन तस्करमा त्यस्तो अवस्था नरहेको सिआइवी एक अधिकारीले बताए । 

३३ किलो सुन तस्करमा मालिक मात्रै हैन । महानगरीय प्रहरी अपराध महाशाखाले केही दिनअघि कलंकीबाट समातेको १० किलो सुनका मालिक पनि अझै पहिचान भएका छैनन् । सुनसहित पक्राउ परेका ती व्यक्तिले आफू गाडी चालक तथा भरियामात्र भएको बताउँदै आएका छन् । 

त्यस्तै मंसिरमा ५ किलो सुनसहित रसुवा प्रहरीले विरेन लामालाई पक्राउ गरेको थियो । लामालाई पक्राउ गरेको दुई महिना बित्न लाग्दा पनि प्रहरीले अहिलेसम्म तस्करी गरिएको सुनका मालिक पत्ता लगाउन सकेको छैन । रसुवाका प्रहरी प्रमुख तथा डिएसपी फण्डिन्द्र प्रसाईंका अनुसार उनमाथि अनुसन्धान भइरहे पनि मालिक पत्ता लगाउन भने गाह्रो छ । 

महानगरीय प्रहरी वृत बौद्धले पनि मोटरसाइकलको एयर बक्समा लुकाएको अवस्थामा १० किलो सुन बरामद गरेको थियो । मंसिरमा बरामद गरेको त्यो सुनका मालिक को हुन् ? अहिलेसम्म पत्तो लाग्न सकेको छैन । यसरी सहज उन्मुक्ती पाउने बाहनामा पक्राउ परेका भरिया भनिएकाहरु स्वयम पनि मालिक हुन सक्ने सम्भावना पनि त्यति नै छ । 

लागु औषधका गिरोहलाई पक्रन प्रहरीको कुकुरले सहयोग लिने गर्छ । त्यस्तै हत्यारा, अपराधी पत्ता लगाउन पनि हत्या गरेको २४ घण्टाभित्र कुकुर पुग्न सके हत्यारा पत्ता लाग्छन् । बिस्फोटक पदार्थ बोकेका मानिस पत्ता लगाउन पनि प्रहरीका कुकुर धेरै सहयोग आएका छन् । सुन तस्करका मालिक पक्रने प्रहरी हम्मे हम्मे पर्ने गरेको छ । सुन तस्करीलाई पक्रन अन्य विधि नहुने र अनुसन्धानले मात्रै पक्रने भएकाले पनि सुन तस्करका मालिक पक्राउन पर्न सकेका छैनन् ।

यसरी सहज रुपमा पैदल र हवाई मार्गबाट सुन तस्कर हुने तर मालिक पत्ता नलाग्ने यस्तो घटना नौलो  होइन । प्रहरी अनुसन्धानलाई चुनौति दिँदै तस्करले बारम्बार भरियालाई हात्तीको देखाउने दाँत बनाएर सुन तस्कर गर्ने तर आफू भने ओझेलमा पर्ने गरेकाले सुन तस्रका मालिक पक्रन प्रहरीलाई टाउको दुखाई भएको छ । 

प्रहरीले यसरी फक्रउ गरेको सुन भन्सार कार्यालयलाई बुझाउने र अनुसन्धान गर्ने गरे पनि ३३ किलो सुन भने प्रहरी आफैंले राखेर अनुसन्धान थालेको छ । सुन भनसार कार्यालय आउला भनेर शुक्रबार अबरेसम्म कार्यालय खोलेर बसेका भन्सार विभागका कर्मचारी सुन नआएपछि घर फर्केका थिए । सुन भित्र्याउन मिलेमतो गरेको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय भनसा विभागले पनि छानविन समिति गठन गरेको छ । विभागले पियनदेखि उपसचिवसम्मलाई काम बिहिन बनाएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया