MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

​‘कु’ मा संलग्न भएको आरोपमा ६ हजार प्रहरी र कर्मचारी वर्खास्त

पुस २३ – गएको जुलाईमा भएको कुको प्रयासमा संलग्न भएको आरोपमा युरोपेली देश टर्कीको सरकारले थप ६ हजार प्रहरी तथा कर्मचारीलाई बर्खास्त गरेको छ । 

टर्की सरकारले पछिल्लो पटक दुई हजार ६ सय ८७ प्रहरी अधिकारीहरुलाई बर्खास्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । १५ सय भन्दा बढी सरकारी कर्मचारी र आठसय भन्दा बढी स्वास्थ्यकर्मीलाई पनि कुको प्रयासमा संलग्न भएको आरोपमा कामबाट निकालिएको समाचारमा उल्लेख छ । 

जुलाईमा कुको प्रयास असफल भएपछि टर्कीमा अहिले संकटकाल लगाइएको छ । यसअघि पनि एक लाख भन्दा बढी प्रहरी, कर्मचारी, शिक्षक तथा अरु कर्मचारीलाई कामबाट निकालिसकेको सरकारले कुको प्रयासमा संलग्नको सफाइ गर्ने भन्दै अन्य कर्मचारीलाई पनि कारवाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया