MENU

अन्तर्राष्ट्रिय

USAID

रुससँगको सम्बन्धको विरोध गर्नेहरु ‘बेवकुफ वा मुर्ख’ : ट्रम्प

पुस २४ – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुससँग सम्बन्ध बिस्तार गर्न हुँदैन भन्नेहरु बेवकुफ वा मुर्ख रहेको बताउनुभएको छ । ट्रम्पले ट्वीट मार्फत रुससँग राम्रो सम्बन्ध बनाउने पर्ने बताउँदै यसको विरोध गर्नेहरु मुर्ख रहेको बताउनुभएको हो । ट्रम्पले रुससँग मिलेर विश्वमा रहेका ठूला समस्या समाधान गर्ने बताउनुभएको छ । अमेरिकी गुप्तचर विभागले राष्ट्रपतीय चुनावमा रुसले दखल दिने उद्देश्यले ह्याकिङ गरेको र रुस ट्रम्पलाई जिताउन तथा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई बदनाम गराउन लागि परेको प्रतिवेदन सार्वजनिक भएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । डेमोक्र्याटिक पार्टीको कमजोरीकै कारण उनीहरुको इमेल ह्याक भएको ट्रम्पको आरोप छ । ट्रम्पले आफू राष्ट्रपति बनेपछि रुसले अमेरिकाको थप इज्जत गर्ने दाबी पनि गर्नुभएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया