MENU

अर्थ

Ncell Axiata
USAID

राष्ट्र बैंकले आज १० अर्बको रिपो ल्याउने

काठमाडौं, पुस २४ – नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँको रिपो ल्याउने भएको छ । शुक्रबार ल्याएको २० अर्ब रुपैयाँको रिपो बिक्री नभए पनि राष्ट्र बैंकले फेरि १० अर्ब रुपैयाँको रिपो बिक्री गर्न लागेको हो ।

यसको ब्याजदर ४ दशमलव ८७ प्रतिशत छ । शुक्रबार जारी भएको २० अर्ब रुपैयाँको रिपोमा जम्मा दुई बैंक तथा वित्तिय संस्थाले मात्र १ अर्ब ९० करोड रुपैयाँको प्रस्ताव पेस गरेका थिए ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले रिपो बिक्री नभएकाले बजारमा बैंकरहरुले भनेजस्तो तरलता अभाव नभएको बताउनुभयो । बैंकरले भने रिपोको रकमबाट केही गर्न नसकिने भन्दै यसको प्रयोग नभएको बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया