MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

पोर्चुगलका प्रजातन्त्रका पिता मारियो सोएरिसको निधन

पुस २४ – पोर्चुगलमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व राष्ट्रपति मारियो सोएरिसको निधन भएको छ । पोर्चुगलको प्रजातन्त्रका पिताका रुपमा लिइने पूर्व राष्ट्रपति सोएरिसको ९२ वर्षको उमेरमा शनिबार राति निधन भएको हो । झण्डै आधा शताब्दी लामो निरंकुश व्यवस्था अन्त्यको आन्दोलनको नेतृत्व गर्नु भएका सोएरिस सन् १९७६ देखि १९७८ सम्म पोर्चुगलको प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँ सन् १९८६ देखि १९९६ सम्म राष्ट्रपति बन्नुभयो । उहाँलाई गएको महिना स्वास्थ्यमा समस्या देखिएपछि लिस्बोनको अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा स्वास्थ्यमा सुधारको संकेत देखिए पनि पछि उहाँ कोमामा जानु भएको र कोमामै रहेका बेला उहाँको निधन भएको अस्पतालले जनाएको छ । उहाँको निधानका बारेमा थप विवरण भने अस्पतालले दिएको छैन । उहाँले सन् १९७४ मा भएको कारनेशन रिभोलुसनमा मुख्य भुमिका खेल्नु भएको थियो । यो आन्दोलनले ४८ वर्ष लामो सालाजर निरंकुश शासन अन्त्य गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया