MENU

समाज

USAID

पश्चिमका पहाडी जिल्लामा हिमपात

काठमाडौं, पुस २४ – जुम्ला, बैतडी, बझाङ, दार्चुला, डडेल्धुरासहितका पश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातका कारण ति क्षेत्रको जनजीवन प्रभावित भएको छ । जुम्लामा अघिल्ला वर्षमा कात्तिक महिनामै हिमपात हुने गरेकोमा यो वर्ष पुसमा आएर हिमपात भएको हो । शनिबार रातिदेखि भएको हिमपातले जुम्लाका धेरैजसो क्षेत्र सेताम्य भएका छन् । हिमपातका कारण सदरमुकाम खलंगामा झण्डै पाँच ईन्चसम्म हिँउ जमेको छ । डिल्लीचौर, छुमचौर, पातारासी, गोठिचौर, बुम्रामाडिचौर, बोता मालिका, मालिकाठाटा, घोडेमहादेव र ताम्ती लगायतका गाविसमा पनि बाक्लो हिमपात भएको छ ।

यस्तै बैतडीमा पनि हिमपात भएको छ । हिउँदे बाली लगाएदेखि राम्रोसँग पानी नपरेको बैतडीमा हिउँ परेको हो । बैतडीसहित दार्चुला, डडेल्धुरा लगायतका उच्च पहाडी जिल्लामा शनिबार रातिदेखि हिउँ परेको हो । हिमपातले बैतडीबाट चल्ने लामोदूरीका सवारी साधन चल्न नसकेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । समयमा पानी नपर्दा खेतमा लगाएको गहुँ सुक्न थालेपछि चिन्तामा परेका  किसान भने हिउँ परेपछि खुशी भएका छन् ।

बझाङका धेरै ठाँउमा हिमपात

बझाङमा शनिबार बेलुका ८ बजेदेखि निरन्तर हिमपात भइरहेको छ । हिमपातले जिल्लाको जनजीवन प्रभावित भएको छ । जिल्लाको दहबगर, भैरवनाथ, पिपलकोट, ब्यासी, कफलसेरी, धमेना, कैलास काँडा, दौलीचौर, सुर्मा, लेकगाँउ, मौलाली, सैनपसेला, भामचौर, स्याँडी लगायतका गाविसमा बाक्लो हिमपात भएको छ । लामो समयसम्म वर्षा नहुँदा हिउँदे  बाली बिग्रने चिन्तामा परेका किसान हिमपातले खुशी भएका छन् । तर सोलार प्यालन चार्ज हुन नपाउँदा स्थानीय रेडियो बन्द भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया