MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

बेइजिङमा विषाक्त धुवाँसहितको कुहिरो, नियन्त्रणका लागि वातावरण प्रहरी

पुस २४ – चीनको बेइजिङमा फैलिएको विषाक्त धुवाँसहितको कुहिरो कम गर्न वातावरण प्रहरीको टोलीले काम थाल्ने भएको छ । वातावरणमा विषाक्त धुवाँसहितको कुहिरोको मात्रा बढी भइ मानिसमा नकारात्मक असर पर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न वातावरण प्रहरीको टोली निर्माण गरिएको बेइजिङका मेयर साइ कीले बताउनुभएको छ । टोलीले खुला हावामा गरिने बार्बिक्युब, धुलाम्मे सडक लगायत वायु प्रदुषणका स्थानीय श्रोतको पहिचान गर्ने कीले बताउनुभयो । त्यस्तै कोइलाको प्रयोग ३० प्रतिशतले कम गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभएको छ । बेइजिङका नागरिकले पनि वायु प्रदुषण नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारसँग आग्रह गर्दै आएका छन् । उनीहरुले देशको मुख्य उर्जा श्रोत रहँदै आएको कोइलाबाट चल्ने उद्योगमा निर्भरता कम गर्न समेत माग गरेका छन् । वायु प्रदुषण कम गर्न सरकारले बेइजिङबाट तीन लाख पुराना गाडीहरु विस्थान गर्ने तयारी गरेको छ भने धेरै उद्योगहरु बन्द गर्ने तयारी गरेको छ । विषाक्त कुहिरोले वातावरण प्रदुषित भएपछि केहि समय यता मानिसहरु कम मात्र घर बाहिर निस्कन थालेको बिबिसीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया