MENU

यो पनि समाचार

Ncell Axiata
NIC Asia

प्रेमीले ‘चिप्स’ एक्लै खाएपछि प्रेमिकाले गरिन चक्कुले आक्रमण

पुस २४ – बेलायतमा एक महिलाले प्रेमीमाथि आक्रमण गरेको मुद्दामा २६ हप्ता जेल सजाय काट्ने भएकी छन् । बेलायतको ब्ल्याकबर्नकी ३४ वर्षकी डियन मार्गरेट क्लेटन आफ्ना प्रेमी सिमन हिलसहित साथीको घरमा खानाका लागि पुगेकी थिइन् । साथीको घरमा गफका सिलसिलामा त्यहाँ खानका लागि दिइएको “चिप्स” सकिएपछि डियनले भान्छामा गइ तरकारी काट्ने चक्कुले सिमनमाथि आक्रमण गरेकी हुन् । मुद्दा हेरीरहेका कानुनी अधिकारी प्रभिन अख्तरले यो घटना गएको नोभेम्बरमा भएको जानकारी दिँदै शनिबार ब्ल्याकबर्न अदालतले डियनलाई २६ हप्ताको जेल सजाय सुनाएको बताए ।

अख्तरले भने ‘सिमन हिलले सबै चिप्स खाइदिए जस कारण डियनको रिसको पारो चढ्यो, डियनले सिमनलाई थप्पड हाने र कोठाबाट बाहिरिइन जब भित्र आइन उनको हातमा चक्कु थियो र उनले त्यसैले सिमनको काँधमा प्रहार गरिन् ।’ डियनले सिमनमाथि आक्रमण गरेको स्वीकारेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • हप्तौँसम्म मृत मालिकको छेउमा कुरुवा कुकुर

    पुस २२ – हंगेरीमा एउटा कुकुरले निधन भएकी मालिकको छेउमा बसेर हप्तौँ बिताएको छ । बुडापेस्टमा रहेको फ्ल्याटमा जाजा नाम गरेको ९ वर्षको कुकुर निधन भएकी आफ्नी मालिक्नीको छेउमा बसेको अवस्थामा बुधबार भेटिएको हो ।

  • छोराले आमासँगको सम्झौता कमाउने भएपछि बिर्से : अब १० लाख डलर तिर्नु पर्ने

    पुस १९ – ताइवानको उच्च अदालतले एक व्यक्तिलाई आफ्नी आमालाई १० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ । आफूलाई हुर्काएको तथा दन्त चिकित्सक बनाउनका लागि गरेको खर्च बापतको रकम आमालाई बुझाउन अदालतले आदेश दिएको हो ।

  • ठगलाई १३,२७५ वर्ष जेल सजाय

    पुस १५ – थाइल्याण्डमा एकजनालाई जालसाजी तथा ठगीको आरोपमा १३ हजार २ सय ७५ वर्षको जेल सजाय सुनाइएको छ । थाइ अदालले जालसाजीको आरोपमा ३४ वर्षका पुदित किट्टिहराडिल्कोलाई उच्च आर्थिक लाभ दिने भन्दै स्किम चलाएर ठगेको आरोपमा १३ हजार वर्ष भन्दा बढीको जेल सजाय सुनाएको हो ।

  • १०७ वर्षकी हजुरआमाको ‘ह्याण्डसम’ राहुल गान्धीसँगको प्रेमकथा

    पुस ११ – एकतिर १०७ वर्षकी हजुरआमा, जसले समयको लामो बाटो तय गरेकी छन् । अर्कोतर छन्, ४७ वर्षका कांग्रेसका युवा अध्यक्ष राहुल गान्धी । दुईबिचको उमेरको फरक ६० वर्ष ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया