MENU

मनोरञ्जन

USAID

इन्जिनियरिङ कोर्स बिनानै इन्जिनियर भएकी अभिनेत्री स्वेता

काठमाडौं, पुस २४ – अभिनेत्री स्वेता खड्का अभिनयमा मात्रै हैन अन्य व्यवसायमा पनि संलग्न छिन् । कामको बारेमा बोल्दै उनी भन्छिन्, मैलै काममा एकदमै राम्रो साथ र सहयोग पाएको छु । म जे कामको थालनी गर्र्छु त्यो सफल हुन्छ । स्वेताको दरबार मार्गस्थित राइजिङ मलमा हिमालयन जाभा नामको कफी शप छ । उनले यो कफी शप आफ्ना शुभ चिन्तक र मिडिया कर्मीहरुसँगको भेटघाटलाई सहज बनाउन खोेलेकी हुन् ।  

कफी शप बाहेक स्वेताले इन्टेरिअर डिजाइनिङलाई पनि अघि बढाइरहेकी छिन् । उनको आफ्नै इन्जिनियरिङ अफिस छ । उनी स्वयम एक इन्टेरिअर डिजाइनर हुन् । यति मात्रै हैन उनी इन्द्रेणी गु्रपमा पनि आवद्ध छिन् । 
सबै कामलाई एकसाथ कसरी अघि बढाउनु भएको छ ? भन्दा उनी भन्छिन्, कुनै पनि कामको हामीले सुरुवात मात्रै गर्नुपर्छ । पछि गएर एउटा टिम बन्छ अनि सबै काम टिमले नै ह्याण्डिल गर्छ । सबै कामहरुलाई सधैँ आफूले हेर्न पर्दैन । सबै कम्पनीमा स्टाफहरु हुनुहुन्छ । उहाँहरुले नै सम्हाल्नुहुन्छ । 

इन्जिनियरिङ कोर्स बिनानै इन्जिनियर भएकी स्वेता  

स्वेताले कुनै इन्जिनियरिङ कोर्स भने गरेकी छैनन् । तर उनी एक इन्जिनियरको रुपमा चिनिएकी छिन् । उनी कामको अनुभवले इन्जिनियरिङ अफिस खोलेर बसेकी छिन् । स्वेता कलेज पढ्नेताका एक इन्जिनियरिङ्ग कम्पनीमा काम गर्थिन् । दुई तीन बर्ष काम गेर संगालेको अनुभवले हाल उनी इन्टेरिअर डिजाइनरको रुपमा काम गरिरहेकी छिन् । यस बोमा उनी भन्छिन्, सबै कुराहरु पढेर मात्रै हैन परेर पनि गर्न सकिन्छ ।

उज्यालो र forseenetwork  सहकार्य ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​१६ वर्षअघि १० करोड कमाएको सिनेमाको सिक्वेल बन्ने तयारी

    काठमाडौं, माघ ६ – आज भन्दा १६ वर्ष पहिलेको सिनेमा ‘तँ त साह्रै बिग्रिस नि बद्री’ ले झण्डै १० करोड रुपैयाँको ब्यापार गरेको थियो ।

  • टेरियालाई जिताउन अभियान, भोटिङ कसरी गर्ने ?

    भारतीय टेलिभिजन कलर्सको चर्चित रियालिटी सो ‘झलक दिखला जा’ को उपाधि नजिक पुगेकी रुपन्देही रुद्रपुरकी टेरीया फौजा मगरलाई जिताउन रुपन्देहीमा अभियान जारी रहेको अभियन्ताले बताएका छन् ।

  • घर भित्रै थुनिएका छन् अनमोल, कारण के होला ?

    काठमाडौं, माघ ६ – सानै उमेरमा स्टार बनेका अभिनेता अनमोल केसी पछिल्लो समय सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । त्यसो त अनमोल जुन पायो त्यही र जहाँ पायो त्यहीँ भएका कार्यक्रमहरुमा पहिले पनि जाँदैनथे । तर अहिले भने उनी देखिन ठप्पै भएको छ ।

  • निश्चल बस्नेतका तुहिएका सपनाहरु

    काठमाडौं, माघ ६ – निश्चल बस्नेत अहिले नेपाली सिनेमा उद्योगमा चर्चित निर्देशक हुन् । लुट, कबड्डी, टलकजंग भर्सेस टुल्के जस्ता सिनेमा बनाएका उनलाई नेपालमा फरक धारको सिनेमा बनाउने श्रेय जान्छ ।

  • दीपकराज गिरीको समर्थनमा सेलिब्रेटी, कसले के भने ?

    काठमाडौं, माघ ५ – सबैभन्दा पहिले दीपकराज गिरीको समर्थनमा सार्वजनिक अभिव्यक्ति दिने कलाकार हुन् किरण केसी । उनले दीपकराज गिरीमाथि कृष्णलाई ज्यान मार्ने धम्की दिएको आरोप गलत भएको बताएका थिए ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया