MENU

समाज

Ncell Axiata
USAID

(अपडेट) सेनाको गाडी दुर्घटना : घाइते ११ जना सेनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

गणेश ठगुन्ना/उज्यालो ।

डडेल्धुरा, पुस २४ – भीमदत्त राजमार्गमा नेपाली सेनाको गाडी दुर्घटनामा परि घाइते भएका ३३ जना मध्ये ११ जनालाई उपचारको लागि काठमाडौं पुर्‍याइएको छ ।डडेल्धुराको गरुडदल गण दह ब्यारेक अन्तर्गतको नेपाली सेनाको लु १ ग २९४ नम्बरको एक वान टन नामक ट्रक दुर्घटना हुँदा सेनाका मेजरसहित ३३ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते ११ जनालाई सेनाको एन ए ०५६ नम्बरको हेलिकप्टरमार्फत काठमाडौं पु¥याइएको छ । काठमाडौं ल्याइएका घाइतेहरुमा मिठ्ठु थापा, नीरबहादुर सारुमगर, खुमबहादुर बुच्छे, कृष्ण खाँड, भरत बुढामगर, गणेश परियार, कमल सुनार, सुकबहादुर बोडे, कृष्ण अधिकारी, गोपाल रोका र नरेन्द्रप्रसाद जोशी रहेका छन् । घाइते भएका कृष्ण अधिकारी सेनाका मेजर हुन् । काठमाडौं पठाईएका ११ जना मध्ये सात जनाको टाउकामा चोट लागेको छ भने अन्य चारको हातखुट्टामा चोट लागेको छ ।राजमार्गको हगुल्टे लेकदेखि साहुखर्कसम्म परेको डेढ फिट बाक्लो हिमपात पन्छाएर फर्किने क्रममा साहुखर्क नजिकै सेनाका मेजर कृष्ण अधिकारीको नेतृत्वमा रहेको ३६ जना सेना सवार गाडी बिहान सवा ११ बजे दुर्घटना भएको डडेल्धुराका प्रहरी प्रमुख डिएसपी प्रेमबहादुर शाहीले बताउनुभयो । 

 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया