MENU

समाज

Ncell Axiata

लोकमानबारे सर्वोच्चको ठहर – उच्च नैतिक चरित्र समेत देखिएन

 

काठमाडौं, पुस २४ –  सर्वोच्च अदालतले लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुन अयोग्य भएको फैसला गरेको छ। न्यायाधीसहरु ईश्वरप्रसाद खतिवडा, आनन्दप्रसाद भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले कार्कीसँग अख्तियार प्रमु्ख हुन अनुभव र नैतिक चरित्र नभएको फैसला गरेको हो।

‘रायमाझी आयोगको प्रतिवेदन तथा नेपाल सरकारबाट कार्कीलाई पदबाट बर्खास्त गर्न स्पष्टीकरण सोध्ने लगायतको कारबाही प्रक्रिया अगाडि बढाइएको सन्दर्भमा निजलाई उच्च नैतिक चरित्र भएको तथा ख्याति प्राप्त गरेको भनी मान्न मिल्ने समेत देखिन आएन’, आदेशमा भनिएको छ।  सर्वोच्च अदालतले कार्कीको नियुक्ति नै बदर हुने ठहर गरेको छ । 

आदेशमा भनिएको छ, “संविधानबमोजिम गरिएको नियुक्ति र प्रमुख आयुक्त पदको सपथलगायत निजलाई नियुक्ति गर्दाका सन्दर्भमा भएका काम कारबाही उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ ।” 

सर्वोच्च अदालतले आदेशमा संविधान बमोजिम योग्यता पुगेको व्यक्तिलाई आयोगको प्रमुख आयुक्त पदमा सिफारिस र नियुक्ति गर्नु भनी विपक्षी संवैधानिक परिषद् र राष्ट्रपति कार्यालयका नाममा परमादेशको आदेशसमेत जारी गरेको छ । 

सर्वोच्च अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त कार्कीको नियुक्ति र योग्यता असंवैधानिक रहेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन दायर गर्नुभएको थियो । 

कार्कीको नियुक्ति र योग्यताका विषयमा रिट निवेदन खारेज हुने फैसला गरेपनि अधिवक्ता अर्यालले पुनः सर्वोच्चमा रिट पुनरावलोकनका लागि निवेदन दिनुभएको थियो । 

आदेशमा संविधानको धारा ११९ ९५० ९ग० मा उल्लेख भएअनुसार लेखा, राजस्व, इन्जिनियरिङ, कानुन, विकास वा अनुसन्धानका क्षेत्रमा कार्य गरेको अनुभव भनी गणना गर्न मिल्ने नदेखिएको आदेशमा उल्लेख छ । 

रायमाझी आयोगको प्रतिवेदन तथा नेपाल सरकारबाट कार्कीलाई पदबाट बर्खास्त गर्न स्पष्टीकरण सोध्ने लगायतको कारबाही प्रक्रिया अगाडि बढाएको हुँदा उच्च नैतिक चरित्रसमेत नदेखिएको भन्दै आदेशमा भनिएको छ, “कार्कीलाई उच्च नैतिक चरित्र भएको तथा ख्यातिप्राप्त गरेको भन्न मिल्नेसमेत देखिन आएन ।” 

उक्त सुनुवाइपछि सर्वोच्च अदालतले कार्कीको नियुक्ति नै बदर हुने निर्णय सुनाएको हो । उक्त विषयमा यही पुस ७, ८, २१, २२ र आजसम्म बहसपछि सो आदेश आएको हो । निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, डा चन्द्रकान्त ज्ञवाली, रमेश वडाल, टीकाराम भट्टराई, राजु चापागार्इं, रमणकुमार कर्ण, दिनेश त्रिपाठी, बाबुराम दाहाल, ज्योति लम्साल पौडेल, कुनदेवी महर्जनसहित १५ जनाले बहस गर्नुभएको थियो । 

कार्की पक्षबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, बालकृष्ण न्यौपाने, सुशील पन्त, कृष्ण सापकोटा तथा अधिवक्ताहरु दीपेन्द्र झा, आनन्दमणि लम्साल, बाबुराम कुँवर, महादेव यादव, कुमार रेग्मी र सुरेन्द्र महतोलगायतले बहस गर्नुभएको थियो । 

कार्कीको नियुक्ति संविधान विपरीत भएको जिकिर गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गर्नुभएको रिट निवेदन सर्वोच्चले खारेज हुने फैसला गरेको थियो । फैसलामा चित्त नबुझेपछि अधिवक्ता अर्यालले पुनः सर्वोच्चमा पुनरावलोकन निवेदन दिनुभएको थियो । सुनुवाइ पछि आइतबार नियुक्ति नै अयोग्य ठहर भएको हो । 

त्यसैगरी, सर्वोच्च अदालतले अदालतको म्याद तामेली अवरोध गर्ने तामेलदार शम्भुबहादुर खत्री, काठमाडौँ महानगरपालिका वडा नं १० कार्यालयका सचिव सरिता राई, खरिदार भेषराज अर्याल, प्रहरी नायब निरीक्षक नकुलराज गौतम र कार्कीका ज्वाँई प्रवल थापालाई जनही एक हजार रुपैयाँ जरिवाना गर्ने आदेश पनि दिएको छ । संसदमा कार्कीमाथिको महाअभियोग प्रस्ताव समितिमा पठाउने निर्णय भएकै दिन सर्वोच्चको यस्तो आदेश आएको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बूढीगण्डकीबारेको समझदारीपत्र सच्याउन माग

    काठमाडौं, भदौ ३ – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् परियोजनाको सम्बन्धमा चिनियाँ कम्पनीसँग गरिएको समझदारीमा रहेका अस्पष्टता हटाउन आग्रह गरिएको छ ।

  • संशोधन भएको वैदेशिक रोजगार ऐनमा के सुधार भयो ?

    सरकारले वैदेशिक रोजगार ऐन, २०६४ तेश्रो पटक संशोधन गरेको छ । तेश्रो संशोधित नियमावली, २०७४ साउन १६ गते देखि कार्यन्वयनमा आएको छ ।

  • दाहसंस्कार गरेको ३ दिनपछि भेटियो माइखोलामा हराएका युवाको शव

    इलाम भदौ ३ – इलाम नगरपालिका स्थित माइखोलाबाट वेपत्ता भएका इलाम नगरपालिका-७ का रोहन आचार्यको शव माइखोलाको शिवालय मन्दिर नजिकै भेटिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

  • युएईमा ८० दिन कोमामा बसेकी देवीको फेरि पनि मृत्युसँग संघर्ष

    संसारसँग हार गुहार गरेर बचाएकी श्रीमतीको फेरि उस्तै हालतमा पुगेपछि लोकेन्द्र गएको शक्रबार युएईबाट काठमाडौं आउनुभएको छ । बोल्न सक्ने बनाएर नेपाल ल्याएकी श्रीमती अहिले भने जीवनको अन्तिम सास लिइरहेकी छिन् । त्यसैले त अबले उहाँले पनि श्रीमती बाँच्ने आशा मारिसक्नुभएको छ । भेन्टिलेटरमा राख्दा पनि देवीलाई अब तीन दिनपछि मुखबाट पाइप लगाउन नमिल्ने डाक्टरले बताएका छन् ।

  • बाढी प्रभावित क्षेत्रमा सरसफाइ

    विराटनगर, भदौ ३ – विराटनगर माहानगरपालिकाको बाढी प्रभावित हाटखोला क्षेत्रमा शनिबार सरसफाइ गरिएको छ । विराटनगर महानगरपालिकाको आह्वानमा विभिन्न युवा समूहको आयोजनामा सरसफाइ कार्यक्रम आयोजना गरिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया